default_image

3 years ago

March 10, 2023

युएईविरुद्ध डोरिगाको आक्रामक अर्धशतक

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका ओपनर किप्लिङ डोरिगाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले ९ ओभरमा कुनै विकेट नगुमाई ६५ रन बनाएको छ ।

डोरिगा ३८ बलमा ८ चौका र २ छक्कासहित ५२ रनमा क्रिजमा छन् । उनलाई हिरि हिरिले १२ रनमा साथ दिएका छन् । डोरिगाले ३६ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरेका थिए ।

युएईको ३२ खेलमा ३१ अंक छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी चारै खेलमा विशाल जित हात पार्नुपर्ने हुन्छ । साथै नेटरनरेटमा निर्भर रहनेछ ।
पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ ।

पहिलो खेलमा पिएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यसै साता युएईलाई भने पपुवा न्युगिनीले दुवै खेलमा हराएको थियो ।

पिएनजीको प्लेइङ ११ :

असद भाला (कप्तान), किप्लिङ डोरिगा, चाल्स अमिनी, सेसे बाउ, टोनी उरा, हिरि हिरि, राइली हेकुरे, नर्मन भानुवा, सेमो कमिया, कबुवा मोरेआ र चाद सोफर ।

युएईको प्लेइङ ११ :

मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लक्रा, आसिफ खान, सिपी रिजवान, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.