default_image

3 years ago

April 2, 2023

युएईले विश्वकप छनोट खेल्ने सम्भावना उच्च

285 views

0 Bookmark

एजेन्सी – युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा घरेलु टोली नामिबियालाई २८ रनले हराउँदै विश्वकप छनोट सम्भावना मजबुत बनाएकोछ । अन्तिम खेलमा युएईले बुधबार जर्सीलाई हराए आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नुको साथै ओडिआई मान्यता जोगाउनेछ ।

जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ४८.४ ओभरमा २ सय ३९ रनमा अल आउट भयो । नामिबियाका ओपनर शन फौचेले ६० बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

माइकल भान लिंगेन ३४, कप्तान जेरार्ड इरास्मस ३०, कार्ल ब्रिकेनस्टक ३१ र रुबेन ट्रम्पलम्यान २८ रनमा आउट भए ।
युएईका रोहन मुस्तफाले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । जहुर खानले ९.४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । आयन खानले दुई, कार्तिक मयाप्पन र सन्चित शर्माले एक एक विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो । युएईका आसिफ खान ८६ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । आसिफ ४७ औं ओभरको पहिलो बलमा रन आउट भएपछि ओडिआई करिअरको शतक बनाउन चार रनले चुकेका थिए ।

वृत्य अरविन्द १ सय १८ बलमा ७ चौका र १ छक्कासहित ९३ रनमा अविजित रहेका थिए । चौथो विकेटका लागि आसिफ र वृत्यले १ सय ६० रनको सानदार शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

ओपनर आर्यन लाक्रा ४४ बलमा ३ चौकासहित २४, मोहम्मद वासिम २३ रमिज शाहजाद ४ रनमा आउट भए । नामिबियाका बेनार्ड स्कोल्टज, जेरार्ड इरास्मस, कार्ल ब्रिकेनस्टक र पिक्की या फ्रान्सले एक एक विकेट लिए ।

युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित नेटरनरेटका कारण युएई दोस्रो स्थानमा छ । अन्तिम खेलमा बुधबार जर्सीलाई हराउँदा विश्वकप छनोटमा पुग्नुको साथै ओडिआई मान्यता बचाउनेछ । पराजित भएमा विश्वकप छनोटमा पुग्न र ओडिआई जोगाउन अन्य टोलीको नेटरनरेटमा निर्भर रहनुपर्ने हुन्छ ।

अमेरिका ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिकाले अन्तिम खेल मंगलबार जर्सीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा अमेरिका आगमी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने पक्कापक्की हुनेछ । अन्य टोलीको नतिजा र नेटरनरेट पनि हेर्नुपर्ने हुन्छ ।

क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । क्यानडाले नामिबिया र पपुवा न्युगिनीसँग खेल्नेछ । दुबै खेलमा विजयी भएमा ओडिआई मान्यता पाउनेछ । विश्वकप छनोटमा पुग्न नेटरनरेटमा निर्भर हुनुपर्ने हुन्छ ।

नामिबिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । जर्सी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी ५ खेलमा जित विहीन हुँदै विश्वकप छनोट यात्राबाट बाहिरिएको छ ।

प्रतियोगितामा नामिबिया, अमेरिका, जर्सी, क्यानडा, पपुवा न्युगिनी र युएई छन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा लिग २ मा शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिनेछन । सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

यस प्लेअफ प्रतियोगिताबाट जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनी मध्य दुई टोलीले ओडिआई मान्यता पाउनेछन् । यी चार टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष दुई स्थानमा रहने टोलीले ओडिआई मान्यता पाउनेन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.