3 years ago
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानले एनएससी -काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ ।

समूह बी मा रहेको उज्वेकिस्तानले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) स्थित कभर्डहलमा भएको पहिलो खेलमा श्रीलंकालाई ३-० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ । उज्वेकिस्तानले २७-२५, २५-२० र २५-१४ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
सुरुवाती दुई सेटमा श्रीलंकाले अग्रता लिएपनि जोगाउन सकेको थिएन । तेस्रो सेटमा भने उज्वेकिस्तानले एकल प्रदर्शन गरेको थियो । पहिलो सेटमा उज्वेकिस्तान एक समय १-६ ले पछि थियो । टाइम आउट लिएपछि खेलमा फर्किएको थियो । श्रीलंकाले अग्रता बढाउँदै पुन १४-१० को अवस्थामा लगेको थियो ।
दोस्रो सेटमा पनि श्रीलंका ८-३ ले अग्रता लिएको थियो । ६-१० ले पछि परेको अवस्थाबाट उज्वेकिस्तानले खेल १३(१३ को बराबरीमा ल्याएको थियो । १४-१४ बराबरीको अवस्थाबाट उज्वेकिस्तानले श्रीलंकालाई पछि छाडेको थियो । तेस्रो सेटमा भने श्रीलंकाले सुरुवात देखिनै कमजोर प्रदर्शन गरेको थियो ।
आज समूह ए को पहिलो खेल दिउँसो १२ मा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालले भने दिउँसो ४ : ३० मा कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आज दिनको अन्तिम खेलमा माल्दिभ्स र काजकास्तानबीच प्रतिस्पर्धा हुनेछ ।
च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।
नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।
खेलको पूरा भिडियो वहाँ हेर्नुहोस् :
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]