3 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार भारतले काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो सेमिफाइनल खेलमा उज्वेकस्तानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३-० को साथ फाइनलमा भेट पक्का गरेको हो । भारतले २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा जित हात पारेको हो ।
उज्वेकस्तान एक समय दोस्रो सेटमा १०-४ को सानदार सुरुवात गरेको थियो । तर भारतीय कप्तान निर्मललाई बाहिर राखेपछि भारतले खेलमा सानदार पूनरागमन गरेको थियो । यस प्रतियोगितामा सानदार प्रदर्शन गरेकी निर्मल त्यसपछि कोर्ट प्रवेश गरिनन् ।
भारतले सानदार पूनरागमन गर्नेक्रममा १५–१५ को अवस्थामा बराबरी गरेको थियो । त्यसपछि एक समय १८-१८ को बराबरीमा रहँदै उज्वेकस्तानले जितको सम्भावना देखाएको थियो । उक्त बराबरी अवस्थाबाट भारतले लगातार चार अंक जोड्दै जितको आधार तय गरेको थियो । तेस्रो सेटमा भने सहज जित हात पार्यो ।
अपराजित भारतले अब उपाधिको लागि नेपाल र काजक्स्तानको विजेतासँग उपाधिको लागि खेल्नेछ। दोस्रो सेमिफाइनल खेल पाँच बजे सुरु हुनेछ । फाइनल आइतबार सुरुहुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]