default_image

3 years ago

May 29, 2023

नेपाल ५० रनमै अल आउट

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियालाई ५१ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भयो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् ।

नेपालले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको हो । नेपालको यो संयुक्त रुपमा कम योगफल हो । महिला टि२० आईमा यसअघि २०१९ मा १३ औं सागमा नेपाल बंगलादेशसँग ५० रनमै अल आउट भएको थियो । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिकी बलर ऐश्या एलिसाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर सीता रानामगरलाई शून्यमा पेभेलिएन फर्काइन् । उनी आउट साइड एज लागेर विकेटकिपर वान जुलियाबाट क्याच आउट भएकी थिइन् । अर्को ओभरको पहिलो बलमा आइना हामिजाहले अर्की ओपनर काजोल श्रेष्ठलाई मास एलिसाबाट ६ रनमा क्याच गराइन् । काजोलले ११ बलमा एक चौका प्रहार गरिन् ।

एलिसाले इन्दु बर्मालाई ३ रनमा बोल्ड गरेपछि नेपाल ३.३ ओभरमा १२-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटमा ज्योति पाण्डे र सम्झना खड्काले २९ रनको साझेदारी गर्दै खेलमा फर्काउने सम्भावना देखाएका थिए । एक समय नेपाल ८.३ ओभरमा ४१(३ को अवस्थामा थियो । तर निक नुर अतिलाले ज्योतिलाई ११ रनमा क्याच आउट गराएपछि नेपालले लगातार विकेट गुमाएको थियो । ज्योतिले १७ बलमा २ चौका प्रहार गरिन् ।

निक नुरकै बलमा आइना नजावा अब्दुलले कप्तान रुविना क्षेत्री बेलबासेको सानदार क्याच लिएपछि नेपाल संकटमा परेको थियो । रुविना १० बलमा २ रन बनाइन् । सम्झना खड्का २५ बलमा १ चौकासहित १३ रनमा रन आउट भइन् ।

अश्मिना कर्माचार्य तीन, कविता कुँवर र अप्सरी बेगम डक आउट भएपछि नेपाल १५.१ ओभरमा ५०-९ को अवस्थामा पुगेको थियो । मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् ।

ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । हमिजाहले ३.५ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । महिराह इश्लामीले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.