default_image

3 years ago

May 29, 2023

नेपाल ५० रनमै अल आउट

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियालाई ५१ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भयो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् ।

नेपालले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको हो । नेपालको यो संयुक्त रुपमा कम योगफल हो । महिला टि२० आईमा यसअघि २०१९ मा १३ औं सागमा नेपाल बंगलादेशसँग ५० रनमै अल आउट भएको थियो । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिकी बलर ऐश्या एलिसाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर सीता रानामगरलाई शून्यमा पेभेलिएन फर्काइन् । उनी आउट साइड एज लागेर विकेटकिपर वान जुलियाबाट क्याच आउट भएकी थिइन् । अर्को ओभरको पहिलो बलमा आइना हामिजाहले अर्की ओपनर काजोल श्रेष्ठलाई मास एलिसाबाट ६ रनमा क्याच गराइन् । काजोलले ११ बलमा एक चौका प्रहार गरिन् ।

एलिसाले इन्दु बर्मालाई ३ रनमा बोल्ड गरेपछि नेपाल ३.३ ओभरमा १२-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटमा ज्योति पाण्डे र सम्झना खड्काले २९ रनको साझेदारी गर्दै खेलमा फर्काउने सम्भावना देखाएका थिए । एक समय नेपाल ८.३ ओभरमा ४१(३ को अवस्थामा थियो । तर निक नुर अतिलाले ज्योतिलाई ११ रनमा क्याच आउट गराएपछि नेपालले लगातार विकेट गुमाएको थियो । ज्योतिले १७ बलमा २ चौका प्रहार गरिन् ।

निक नुरकै बलमा आइना नजावा अब्दुलले कप्तान रुविना क्षेत्री बेलबासेको सानदार क्याच लिएपछि नेपाल संकटमा परेको थियो । रुविना १० बलमा २ रन बनाइन् । सम्झना खड्का २५ बलमा १ चौकासहित १३ रनमा रन आउट भइन् ।

अश्मिना कर्माचार्य तीन, कविता कुँवर र अप्सरी बेगम डक आउट भएपछि नेपाल १५.१ ओभरमा ५०-९ को अवस्थामा पुगेको थियो । मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् ।

ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । हमिजाहले ३.५ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । महिराह इश्लामीले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.