default_image

7 years ago

January 8, 2017

पोखरामा अर्को महिना राष्ट्रिय भलिबल प्रतियोगिता हुने,सृजना विकास केन्द्र मुख्य प्रायोजक

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा पोखरामा अर्को महिना महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृतिमा प्रतियोगिता माघ १८ देखि २२ गते सचालन हुनेछ । प्रतियोगितालाई सृजना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ ।   आइतबार आयोजित […]

50 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा पोखरामा अर्को महिना महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृतिमा प्रतियोगिता माघ १८ देखि २२ गते सचालन हुनेछ । प्रतियोगितालाई सृजना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल (बायाँ) र सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठ सम्झौता पत्रमा हस्ताक्षरपछि ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल (बायाँ) र सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठ सम्झौता पत्रमा हस्ताक्षरपछि ।

 

आइतबार आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले मुख्य प्रायोजनमा हस्ताक्षर गरेका थिए । मुख्य प्रायोजन वापत केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ । प्रतियोगितामा पश्चिमाञ्चल भलिवल संघ र जिल्ला भलिवल संघ कास्की सहयोगीको रुपमा रहेको छ ।
५ दिन सम्म पोखरा रंगशालामा लिकम नकआउटका आधारमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लब र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्ने क्षेत्रिय अध्यक्ष पौडेलले जानकारी दिए ।
रंगशालाभित्र निर्माण भईरहेको भलिवल टे«निङ सेन्टरमा अस्थायी भलिवल कोर्ट निर्माण गरी रबर म्याट राखेर प्रतियोगिता सञ्चालन गर्ने पौडेलले बताए ।
सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिबल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको बताउँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताए । प्रतियोगिताको दुवैतर्फको विजेताले उपाधिसहित १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछन् । यो पुरस्कार राशाी पश्चिमाञ्चलकै सर्वाधिक राशीको रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि अलग्गै पुरस्कृत गरिने बताइएको छ । २५ लाख संकलन गर्ने लक्ष्य राखिएको प्रतियोगितामा झन्डै १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खर्च कटाएर बाँकी रहने रकम भलिवल टे«निङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए ।
प्रतियोगिताको पहिलो लिग चरणका खेलहरुका लागि १ सय , सेमिफाइनलका खेलहरुका लागि १ सय पचास र फाइनलका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको बताइएको छ । टिकटबाट संकलन भएको १० प्रतिशत रकम सृजना विकास केन्द्रद्वारा महतगौंडामा सञ्चालित सृजना वालगृहमा आश्रित द्वन्द्व प्रभावित वालवालिकाको लालनपालनमा खर्च गरिने समितिका अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा म्याग्दी बेगखोला घर भई अमेरीका बस्दै आएका याम गर्वुजाले पश्चिमाञ्चल महिला भलिवल संघलाई पठाउनु भएको जर्सी हस्तान्तरण गरिएको थियो । गर्बुजाका तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चल महिला भलिबल टिमकी कप्तान मञ्जु गुरुङलाई जर्सी हस्तान्तरण गरे ।

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.