default_image

3 years ago

June 4, 2023

गण्डकीले आफ्नो ओलम्पियनलाई मासिक ५ हजार भत्ता दिने

312 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सरकारले आफ्ना प्रदेशका ओलम्पियनहरुलाई मासिक ५ हजार भत्ता दिने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा शनिबार पोखरामा भएको दोस्रो पूर्नमिलन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गण्डकीका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट अहिले सम्म ओलम्पिक खेल्नेहरुलाई भत्ताको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

‘विश्व खेलकुदको सबैभन्दा ठूलो खेल प्रतियोगिताका ओलम्पिकमा खेलेका खेलाडीलाई सम्मान गर्न पाउनु गौरवको विषय हो’, मुख्य मन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक ५ हजार रुपैयाँ भत्ताको व्यवस्था गर्नेछौं । अन्य ओलम्पियनहरु प्रति हाम्रो उत्तिकै सम्मान छ । तर प्रदेश सरकारको दायरा यत्ति हो ।’

प्रदेश सरकारले ओलम्पियनहरुलाई मासिक भत्ता दिने घोषणा गरेको यो पहिलो अवसर हो । नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मासिक ४ हजार रुपैयाँ भत्ता दिदै आएको छ । सोही अवसरमा मन्त्री पाण्डेले ओलम्पियन संघले सन्चालन गर्दै आएको स्कुल टु ओलम्पिक आयोजना गर्ने सुचीमा अब गण्डकीको पनि नाम रहने बताए ।

गण्डकी प्रदेशमा हाल ७ जना ओलम्पियन रहेका छन् । जसमा एथलेटिक्सका टीका बोगटी (गोरखा), जुडोका ऋषिराम प्रधान (गोरखा), तेक्वान्दोका नारायण गुरुङ (कास्की), एथलेटिक्सका ज्ञान बहादुर बोहोरा (गोरखा), सुटिङकी भगवती खत्री (बाग्लुङ) र एथलेटिक्सका राजेन्द्र भण्डारी (तनहुँ) छन् ।

संघले पूर्नमिलनका अवसरमा सन् १९८४ मा ओलम्पिकमा सहभागीलाई सम्मान गरेको थियो । पुष्पराज ओझा, अर्जुन पण्डित, अमिरी यादव, प्रविण तुलाधर, मानबहादुर श्रेष्ठ, जगदिश प्रधान, सुरेन्द्र हमाललाई मुख्य मन्त्री पाण्डेले सम्मान गरेका थिए । स्वर्गिय दलबहादुर रानालाई मारोणोप्रान्त सम्मान गरिएको थियो । रानाकी पत्नी कन्चन रानाले सम्मान ग्रहण गरेकी थिइन् । सम्मानपछि बोल्दै ओझाले सम्मानले आफूलाई अझै केहि गर्न सकिन्छ कि भन्ने जोस मिलेको बताएका थिए ।

सन् १९६४ टोकियो ओलम्पिकबाट नेपालले ओलम्पिकमा सहभागिता जनाएको थियो । त्यसता एउटा संस्करणबाहेक सबैमा नेपालले भाग लिएको थियो । पछिल्लो पटक सन् २०२० को ओलम्पिक पनि टोकियोमा नै भएको थियो । कार्यक्रममा पहिलो पटक ओलम्पिक खेल्ने ६ जनामध्ये रामप्रसाद गुरुङदेखि सबै संस्करणका गरि ४२ ओलम्पियनहरुको कार्यक्रममा सहभागिता थियो ।

शनिबार विहान ओलम्पियन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, स्थानिय खेलाडी, खेलकर्मी, खेल पदाधिकारीको सहभागितामा हलनचोकदेखि फेवातालको किनारासम्म प्रभातफेरी कार्यक्रम सन्चालन भएको थियो । किनारामा पोखरा महानगरले ओलम्पिनहरुलाई स्वागत गरेको थियो । मेयर आचार्यले सम्मान कार्यक्रममा सबै ओलम्पियनलाई महानगरको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

ओलम्पियन संघले पोखरा महानगर खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो ।

प्रभातफेरि पछि ओलम्पियन हरि रोकाय, विष्णुबहादुर थापा, राजकुमारी पाण्डे, ज्ञानबहानुर बोहोरा, देवु थापा, प्रमिला रिजाल, सरस्वती चौधरी, सोनिया भट्ट र युथ ओलम्पियनकी सहभागी मनीषा अधिकारीले सहारा क्लब पोखराको दोबिल्लामा रहेको सहारा एकेडेमीको भ्रमण गरि त्यहाँ रहेका बालकहरुसँग भेटघाट गरेका थिए ।

पूर्नमिलन तथा सम्मान कार्यक्रममा ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले आफ्नो समयमा ओलम्पिक खेलेर देशको सेवा गरेका ओलम्पियनहरु देशको खेलकुद विकासमा सहकार्यको लागि तयार रहेको बताएका छन् । ओलम्पियनहरुले नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्न सक्ने सम्भावना रहेकोले स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरेको जानकारी दिएका थिए ।

पूर्न मिलन तथा सम्मान कार्यक्रममा पूर्व मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री शुसिला सिंखडा, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश सांसद प्रकाश बराल, ५ प्रदेश खेलकुद परिषदका सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.