3 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३.२ ओभरमा ४ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख ३६ बलमा २८ रन बनाउँदै आउट भएका छन् । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए ।
नेपालका ओपनरले सुरुवातमा केहि संयमित सुरुवात दिलाएका थिए । तेस्रो नम्बरमा आएका भीम सार्की ८ रनमा क्याच आउट भएका छन् । भीम जर्ज मुन्शेबाट नै क्याच आउट भएका हुन् । भीम एड्रियन निलको बलमा क्याच आउट हुन पुगेका हुन् ।
१४ औं ओभरको पहिलो बलमा ज्याक जार्विसले आसिफलाई बोल्ड आउट गरे । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका छन् । रोहित गोल्डेन आउट भएसँगै नेपाल संकटमा परेको छ । नेपालको क्रिजमा अहिले ज्ञानेन्द्र र कुशल मल्ल रहेका छन् ।
नेपालले दुई सातापछि जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्दैछ । नेपालले दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले शनिबार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]