default_image

2 years ago

June 24, 2023

नेपालले तेस्रो विकेट गुमायो

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध तेस्रो विकेट गुमाएको छ । ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।

भीम सार्की ५१ बलमा १७ रनमा नट आउट छन् । उनलाई रोहित पौडेलले २ रनमा साथ दिएका छन् । नेदरल्यान्ड्सका तीव्र गतिका बलरले नेपाली ब्याटरलाई निरन्तर दबाबमा राखेका छन् ।

नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे ।

कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एडवाडर््सबाट समातिन पुगे ।

विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा भान बिकबाट क्याच आउट भएका हुन् । सुपर सिक्समा पुग्ने आशा कायमै राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.