default_image

2 years ago

June 26, 2023

वेस्टइन्डिजमाथि नेदरल्यान्ड्सको सुपर ओभरमा ऐतिहासिक जित

347 views

0 Bookmark

एजेन्सी – अलराउन्डर लोगन भान बीक हिरो बनेपछि नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजमाथि सुपर ओभरमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई पराजित गरेको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो ।

सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिँएको थियो । भान बिक लोगनलाई पहिलो बलमै जोनसन चाल्र्सले छक्का प्रहार गरे । दोस्रो बलमा उनले एक रन दिए । तेस्रो बलमा पनि एक रन दिएपछि जितको सम्भावना लगभग सकिएको थियो । चौथो बलमा चालर्स क्याच आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा शेफर्ड क्याच आउट भएपछि नेदरल्यान्ड्स सुपर ओभरमा विजयी भएको थियो ।

सुपर ओभरमा नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरलाई ६ बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडेका थिए । सुपर ओभरको पहिलो बलमा भान बीकले जेसन होल्डरलाई चौका प्रहार गरे । दोस्रो बलमा बीकले होल्डरलाई छक्का हाने । तेस्रो बलमा उनले चौका प्रहार गरे । चौथो बलमा उनले छक्का प्रहार गरे । सुरुवाती चार बलमै २० रन जोडेको थियो । पाँचौं बलमा छक्का हानेपछि जित पक्का जस्तै गराएको थियो । अन्तिम बलमा चौका हानेपछि ३० रन बनाएको थियो ।

जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । यो नेदरल्यान्ड्सले ओडिआईमा बनाएको सर्वाधिक रन हो । यसअघि नेदरल्यान्ड्सले ओडिआईमा बनाएको उच्च योगफल नै ३ सय १५ रन बर्मुडाविरुद्ध थियो ।

जितको लागि अन्तिम बलमा एक रन चाहिँदा लोगन भान बिक क्याच आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । नेदरल्यान्ड्सको जितमा तेजा निडामानुरुले ७६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ११ रनको सानदार शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनी आउट हुँदा नेदरल्यान्ड्सलाई जितको लागि २४ बलमा ४८ रन चाहिँएको थियो ।

चेशले ४७ औं ओभरमा ६ रन मात्रै दिएपछि १८ बलमा ४२ रन चाहिँएको थियो । अन्तिम १२ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ३० रन चाहिँएको थियो । स्पिनर रोश्टन चेशलाई ४९ औं ओभरमा लोगन भान बिकले दुई चौका र एक छक्का तथा आर्यन दत्तले एक चौका प्रहारगरेपछि कुल २१ रन जोडेको थियो ।

अन्तिम ६ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ६ बलमा ९ रन चाहिँएको थियो । पहिलो बलनै बीकले अल्जारी जोशेफलाई चौका प्रहार गरे । दोस्रो बलमा एक रन लिदा तेस्रो बलमा दत्त १६ रनमा क्याच आउट भए ।

अन्तिम बलमा जितको लागि एक रन चाहिँदा बीक जेसन होल्डरबाट मिडअनमा क्याच आउट भएपछि खेल टाई हुँदै सुपर ओभरमा पुगेको थियो । बीकले १४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।

कप्तान स्कट एडवार्ड्सले ४७ बलमा ६ चौका र १ छक्कासहित ६७ रन बनाए । पाँचौं विकेटका लागि स्कट एडवार्ड्स र तेजाले ९० बलमा १ सय ४३ रनको सानदार साझेदारी गरेपछि जितको सम्भावना देखाएका थिए ।

वेस्टइन्डिजका रोश्टन चेशले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । अकिल हुसैनले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । वेस्टइन्डिजका निकोलस पुरनले ६५ बलमा ९ चौका र ६ छक्कासहित १ सय ४ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । पुरनको यो ओडिआई करिअरको तेस्रो शतक हो । उनले ६३ बलमै शतक हानेका थिए ।

ब्रेन्डन किंगले ८१ बलमा १३ चौकासहित ७६ रनको योगदान दिए । नियमित ओपनर कायल मेयर्सलाई बेन्चमा राखेको थियो । जोनसन चाल्र्सलाई ओपनिङ गराएको थियो । पहिलो विकेटका लागि जोनसन र ब्रेन्डनले १७।२ ओभरमा १ सय १ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

जोनसन ५५ बलमा ९ चौका र १ छक्कासहित ५४, शमाह्र ब्रक्स २५ र शाई होप ४७ रनमा आउट भए । वेस्टइन्डिजले रोभम्यान पावेललाई बेन्चमा राख्दै रोमारियो शेफर्डलाई मौका दिएको थियो ।

शेफर्ड डक र जेसन होल्डर ८ रनमा आउट भए । किमो पल २५ बलमा ४ चौका र २ छक्कासहित ४६ रनमा नट आउट रहे ।नेदरल्यान्ड्सका बास डि लिडे र सकिब जुलफिकरले समान दुई विकेट लिए । लोगन भान बिंक र भिभियन किंग्माले समान एक विकेट लिएका थिए ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.