default_image

2 years ago

July 8, 2023

पुलिसको सहज विजयी सुरुवात

873 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा महिलातर्फ पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलाडीको बाहुल्यता भएको पुलिसले गण्डकीमाथि सहज जित हात पार्यो ।

पुलिसको जितमा स्पाइकर उषा भण्डारी खेलको प्लेयर अफ दी म्याच चुनिन् । पहिलो सेट एक समय ४(४ को बराबरी अवस्थामा थियो । पुलिसका खेलाडीको सर्भिस र स्पाइकमा गरेको गल्तीको फाइदा उठाउँदै बराबरी गरेको थियो । तर त्यसपछि भने लगातार पछि परेको थियो ।

दोस्रो सेटमा गण्डकी सुरुवाती समय ३–० को अवस्थामा थियो । त्यसपछि पुलिसले लगातार ९ अंक जोडेको थियो । मनिषा चौधरी स्पाइकमा चुक्दा उक्त लगातार अंकमा ब्रेक लागेको थियो । तेस्रो सेटमा पनि सहजै जित हात पार्यो । महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् ।


पुरुषतर्फ टोलीमा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

आज पुरुषतर्फ बिहान १० बजे आर्मी र सैलुङबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.