2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । उपाधिको दाबेदार एपिएफले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार विहान भएको पहिलो खेलमा एपिएफलो २५–१२, २५–१८ र २५–८ को सोझो सेटमा जित हात पारेको हो । गण्डकी पहिलो सेटको सुरुवाती समय ५–६ को अवस्थाबाट थियो ।
१०–१३ को अवस्थामा थियो । तर एपिएफले उक्त अवस्थाबाट लगातार ९ अंक जोडेपछि सहज जितको आधार तय गर्यो ।
दोस्रो सेटमा गण्डकी प्रदेशले लगातार आठ अंक जोड्दै एपिएफलाई केहि समय दबाबमा राख्न सफल भएको थियो ।
गण्डकीले ९-२२ को अवस्थाबाट लगातार ८ अंक जोडेको थियो । तेस्रो सेटमा भने एपिएफले सहजै पराजित गर्यो । एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग सोझो सेटमा पराजित भएको थियो । एपिएफको जितमा पुजा चौधरी केल्मी प्लेयर अफ द म्याच चुनिन् ।
आज दोस्रो खेलमा बिहान १० बजे न्यु डायमण्ड र एभेष्टबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ बजे महिलातर्फ पुलिस र आर्मी भिड्नेछन् ।
पुरुषतर्फ आजको खेलमा दिउँसो २ बजे हेल्प नेपाल र दावाली मिलन, दोस्रो खेलमा दिउँसो ४ बजे आर्मी र गण्डकी तथा दिनको अन्तिम खेलमा पुलिस र शैलुङ बागढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]