2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल एपिएफ क्लबमाथि रोमान्चक जित हात पारेको छ । निकै रोमान्चक खेलमा आर्मीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले १८–२५, २५–१६, २४–२६, २८–२६ र १७–१५ ले जित्न सफल भएको हो । आर्मीले दोस्रो, चौथो र पाँचौं सेटमा जित निकालेको थियो ।
पहिलो सेटमा एपीएफले सुरुवातमा ४–१ को अग्रता लिएको । तर आर्मीले खेलमा पूनरागमन गर्दै ६–६ बराबर गर्न सफल भएको थियो । तर पुन एपीएफले उत्कृष्ट प्रदर्शनका साथ १३–९ को अग्रता लिएको थियो ।
त्यो समय चार अंकले पछी परेपछि आर्मीले पहिलो टाइम आउट लिएको थियो । पाँच अंकले अगाडि रहँदै एपिएफ १९–१४ को बलियो अवस्थामा थियो । पहिलो सेटमा एपिएफले २५–१८ को सहज जित हात पार्यो । एपीएफका हेमन्त मल्लको प्रदर्शन उत्कृष्ट थियो ।
आर्मीले दोस्रो सेटमा भने ९–५ को अग्रता लिएको थियो । एपीएफले चार अंकले पछी परेपछि टाइम आउट लिएको थियो । दुर्गा खड्काले उत्कृष्ट ब्लक गरेपछि आर्मी १२–६ को अवस्थामा थियो ।

१३–६ को अवस्थामा एपीएफले दोस्रो टाइम आउट लिएको थियो । राजेन्द्र बिस्ट र दुर्गा खड्काको ब्लक तथा मानबहादुर श्रेष्ठको सानदार स्पाइकमा आर्मी १७–७ को मजबुत अवस्थामा थियो । दोस्रो सेटमा सानदार पुनरागमन गरेको आर्मीले २५–१६ को सहज जित हात पार्यो ।
तेस्रो सेटमा आर्मी १०–७ ले पछी परेपछि पहिलो टाइम आउट लिएको थियो । आर्मीले टाइम आइट पछि दुई अंक लिएपनी त्यसपछी लगागातर दुई अंक गुमाएपछी १२–९ मा दोस्रो टाइम आउट लिएको थियो ।
एक समय १६–२१ को अवस्थामा रहेको आर्मीले लगातार तीन अंक जोडेपछि अपिएफले टाइम आउट लिएको थोयो । २२–२२ को बराबरी अवस्थाबाट एपिएफले जित हात पारेको थियो । सेट प्याइन्टमा रेफ्री विजय गुरुङले सेकेन्ड रेफ्री, लाइन जजलाई सोधपुछ गरेर एपीएफलाई ब्लक आउटको अंक दिएपछि एपीएफ २६–२४ ले विजयी भएको थियो ।
चौथो सेटमा सुरुमा ३–५ ले पछी भएको आर्मीले लगातर ४ अंक जोडेको थियो । एक समय ११–१३ ले पछी भएको आर्मीले लगातार चार अंक जोडेपछि १५–१३ को अग्रता लिएको थियो । लगातार चार अंक गुमेपछी एपिएफले टाइम आउट लिएको थियो । मानबहादुरले दुई सानदर स्पाइक हानेपछी आर्मी १८–१४ को बलियो अवस्थामा थियो । एपीएफले पुन टाइम आउट लिएको थियो ।
१८-२२ को खेलमा एपीएफले लगातार तीन अंक जोड्दै २१-२२ बनाएपछि आमीले टाइम आउट लिनु परेको थियो । हेमन्त मल्लले लगातार तीन अंक जोडेपछि खेल २४–२४ को बराबरी अवस्थामा पुगेको थियो । म्याच प्वाइन्टमा एपिएफका टेकराज अवस्थीको सर्भिस बाहिरिएपछि आर्मीले मौका पाएको थियो । चौथो सेटमा २८–२६ ले जित्दै खेललाई पाँचौं सेटमा पुर्याएको थियो ।

पाँचौ सेटमा आर्मीले सुरुवातमा ३-० को अग्रता लिएको थियो । तर एपीएफले उत्कृष्ट पुनरागमनको साथ ५–४ को अग्रता लिएको थियो । एपिएफले ८-६ का साथ कोर्ट परिवर्तन गरेको थियो । १२-१४ को अवस्थाबाट आर्मीले लगातर तीन अंक बटुल्दै अग्रता लिएको थियो ।
आर्मीले अव बिहीबार पुलिससँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनल लगभग पक्कापक्की हुनेछ । शुक्रबार आर्मीले टिप टप हेल्प नेपालसँग खेल्नेछ । यो हारले एपिएफलाई भने बाँकी दुबै खेलमा जितको आवश्यक पर्दछ । बिहीबार टिपटप हेल्प नेपाल र शुक्रबार नेपाल पुलिससँग खेल्नेछ ।
आर्मी ४ खेलमा ११ अंकका साथ शीर्ष स्थानमा छ । हेल्प नेपाल पनि ४ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब ४ खेलमा ३ मा जित र १ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । नेपाल पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]