2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल एपिएफ क्लबमाथि रोमान्चक जित हात पारेको छ । निकै रोमान्चक खेलमा आर्मीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले १८–२५, २५–१६, २४–२६, २८–२६ र १७–१५ ले जित्न सफल भएको हो । आर्मीले दोस्रो, चौथो र पाँचौं सेटमा जित निकालेको थियो ।
पहिलो सेटमा एपीएफले सुरुवातमा ४–१ को अग्रता लिएको । तर आर्मीले खेलमा पूनरागमन गर्दै ६–६ बराबर गर्न सफल भएको थियो । तर पुन एपीएफले उत्कृष्ट प्रदर्शनका साथ १३–९ को अग्रता लिएको थियो ।
त्यो समय चार अंकले पछी परेपछि आर्मीले पहिलो टाइम आउट लिएको थियो । पाँच अंकले अगाडि रहँदै एपिएफ १९–१४ को बलियो अवस्थामा थियो । पहिलो सेटमा एपिएफले २५–१८ को सहज जित हात पार्यो । एपीएफका हेमन्त मल्लको प्रदर्शन उत्कृष्ट थियो ।
आर्मीले दोस्रो सेटमा भने ९–५ को अग्रता लिएको थियो । एपीएफले चार अंकले पछी परेपछि टाइम आउट लिएको थियो । दुर्गा खड्काले उत्कृष्ट ब्लक गरेपछि आर्मी १२–६ को अवस्थामा थियो ।

१३–६ को अवस्थामा एपीएफले दोस्रो टाइम आउट लिएको थियो । राजेन्द्र बिस्ट र दुर्गा खड्काको ब्लक तथा मानबहादुर श्रेष्ठको सानदार स्पाइकमा आर्मी १७–७ को मजबुत अवस्थामा थियो । दोस्रो सेटमा सानदार पुनरागमन गरेको आर्मीले २५–१६ को सहज जित हात पार्यो ।
तेस्रो सेटमा आर्मी १०–७ ले पछी परेपछि पहिलो टाइम आउट लिएको थियो । आर्मीले टाइम आइट पछि दुई अंक लिएपनी त्यसपछी लगागातर दुई अंक गुमाएपछी १२–९ मा दोस्रो टाइम आउट लिएको थियो ।
एक समय १६–२१ को अवस्थामा रहेको आर्मीले लगातार तीन अंक जोडेपछि अपिएफले टाइम आउट लिएको थोयो । २२–२२ को बराबरी अवस्थाबाट एपिएफले जित हात पारेको थियो । सेट प्याइन्टमा रेफ्री विजय गुरुङले सेकेन्ड रेफ्री, लाइन जजलाई सोधपुछ गरेर एपीएफलाई ब्लक आउटको अंक दिएपछि एपीएफ २६–२४ ले विजयी भएको थियो ।
चौथो सेटमा सुरुमा ३–५ ले पछी भएको आर्मीले लगातर ४ अंक जोडेको थियो । एक समय ११–१३ ले पछी भएको आर्मीले लगातार चार अंक जोडेपछि १५–१३ को अग्रता लिएको थियो । लगातार चार अंक गुमेपछी एपिएफले टाइम आउट लिएको थियो । मानबहादुरले दुई सानदर स्पाइक हानेपछी आर्मी १८–१४ को बलियो अवस्थामा थियो । एपीएफले पुन टाइम आउट लिएको थियो ।
१८-२२ को खेलमा एपीएफले लगातार तीन अंक जोड्दै २१-२२ बनाएपछि आमीले टाइम आउट लिनु परेको थियो । हेमन्त मल्लले लगातार तीन अंक जोडेपछि खेल २४–२४ को बराबरी अवस्थामा पुगेको थियो । म्याच प्वाइन्टमा एपिएफका टेकराज अवस्थीको सर्भिस बाहिरिएपछि आर्मीले मौका पाएको थियो । चौथो सेटमा २८–२६ ले जित्दै खेललाई पाँचौं सेटमा पुर्याएको थियो ।

पाँचौ सेटमा आर्मीले सुरुवातमा ३-० को अग्रता लिएको थियो । तर एपीएफले उत्कृष्ट पुनरागमनको साथ ५–४ को अग्रता लिएको थियो । एपिएफले ८-६ का साथ कोर्ट परिवर्तन गरेको थियो । १२-१४ को अवस्थाबाट आर्मीले लगातर तीन अंक बटुल्दै अग्रता लिएको थियो ।
आर्मीले अव बिहीबार पुलिससँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनल लगभग पक्कापक्की हुनेछ । शुक्रबार आर्मीले टिप टप हेल्प नेपालसँग खेल्नेछ । यो हारले एपिएफलाई भने बाँकी दुबै खेलमा जितको आवश्यक पर्दछ । बिहीबार टिपटप हेल्प नेपाल र शुक्रबार नेपाल पुलिससँग खेल्नेछ ।
आर्मी ४ खेलमा ११ अंकका साथ शीर्ष स्थानमा छ । हेल्प नेपाल पनि ४ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब ४ खेलमा ३ मा जित र १ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । नेपाल पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]