2 years ago
July 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कमजोर प्रदर्शनका कारण टोलीलाई फाइनलमा पुर्याउन नसकेपछि गण्डकी प्रदेशले तीन भारतीय खेलाडीलाई दुई खेल अगावै घर फर्काएको छ ।

सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग खेल्न आएका तीन भारतीय खेलाडी जोजे एबिन, कन्चन नविन र थरुन गोडा बुधबार नै घर फर्किएका छन् । गण्डकीले लिगमा विहीबार नेपाल सैलुङ बागढुङ्गा र शुक्रबार दावाली मिलनसँग खेल्न बाँकी छ ।
उपाधि जित्ने लक्ष्यका साथ तीन भारतीय खेलाडी लिएपनि उनीहरुको कमाजोर प्रदर्शनको कारण गण्डकी असफल रह्यो । लगातार चार हार बेहोरेको गण्डकीले बाँकी दुई खेल भने भारतीय खेलाडी बिना नै खेल्ने निर्णय लिएको हो ।
गण्डकीका मुख्य प्रशिक्षक रमेश केसीले तीनै जना भारतीय खेलाडीहरु घर फर्किएको बताएका छन् । उनका अनुसार भारतीय खेलाडीहरु बुधबार नै फर्किएका छन् ।
‘हामी फाइनल पुग्न सकेनौं । फाइनल पुग्ने लक्ष्य थियो । अबका खेल महत्त्व नभएका खेल छन् । त्यसैको कारण भारतीय खेलाडीलाई पठाएका हौं । उनीहरुले आफ्नो काम पनि परेको बताएका छन् । हामी अब हाम्रो नेपाली खेलाडी राखेर खेल्नेछौं’, केसीले हाम्रो खेलकुदसँग भने ।

मंगलबार हेल्प नेपालसँग सुरुवाती दुई सेटमा पराजित भएपछि प्रशिक्षक केसीले तेस्रो सत्का लागि तीनै भारतीय खेलाडीलाई बेन्चमा राख्ने निर्णय लिएका थिए । जोखिमयुक्त उक्त निर्णयलाई नेपाली खेलाडीले सहि प्रमाणित गरेका थिए । उक्त सेटमा गण्डकीले उत्कृष्ट चुनौती पेश गर्दै २६-२८ को हार बेहोर्यो ।
प्रशिक्षक केसीले आफ्ना खेलाडी कमजोर नभएको बताए । ‘हाम्रो खेलाडी नराम्रो भन्न पनि मिलेन । विगतमा हाम्रो खेलाडीहरुले विभागीय टोलीलाई प्रतिस्पर्धा दिएको र कतिपय स्थानमा हराएका पनि छन् । बर्खाको समयमा खेलाडीले घरमा कृषीमा पनि काम गर्नुपर्यो । हाम्रो खेलाडी लयमा नभएको कारण र फाइनलमा पुग्ने टोली काभामा खेल्ने हुँदा हामीले विदेशी खेलाडी मगाएका थियौं’, उनले भने ।
आफूहरुले सोचे र अपेक्षा गरेअनुसार भारतीय खेलाडी नपाएको बताए । ‘हामीहरुले सोचे र अपेक्षित गरे अनुसार उनीहरुबाट खेल प्रदर्शन भएन । खेल हो कहिले काहि जतिसुकै राम्रो खेलाडीको पनि नलाग्न सक्छ । त्यहिँ अनुसार लागेन । हामी असफल भयौं । अबको खेल फाइनल पुग्न महत्त्व नभएको र उनीहरुको भारतमा काम हुँदा हामीले बिदाई गरेका हौं’, उनले भने ।
गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित गरेको थियो । तेस्रो सेटमा १९–२४ को अवस्थाबाट २४–२४ बराबर गराउन जोजे एबिनले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर त्यसपछि उनले राम्रो प्रदर्शन गर्न सकेनन् । शक्तिशाली प्रहार गर्ने धुनमा उनी लगातार गल्ती गर्न पुगेका थिए ।
कन्चन नविन र थारुन गोडाको प्रदर्शन पनि राम्रो हुन सकेन । फितलो प्रदर्शनका कारण कन्चनलाई पुलिसविरुद्ध पहिलो खेलमै केही समय बेन्चमा राख्नुपरेको थियो । गण्डकी एपिएफसँग ३-१ तथा आर्मी र हेल्प नेपालसँग समान ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]