default_image

5 months ago

July 14, 2023

सुरुवाती १० ओभरमै नेपालका ६ ब्याटर आउट

एजेन्सी – पाकिस्तानका दुई युवा तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गति सामु निरिह बन्दा एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सुरुवाती १० ओभरमै ६ विकेट गुमाएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ । नेपालका कुशल मल्ल […]

106 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका दुई युवा तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गति सामु निरिह बन्दा एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सुरुवाती १० ओभरमै ६ विकेट गुमाएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।

नेपालका कुशल मल्ल र गुलशन झा क्रिजमा छन् । तीव्र गतिका बलर शाहबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गरे ।

पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् । प्रमुख बलर घाइते भएमा मौका पाउने गर्दछन् । दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर क्याच आउट हुन पुगे ।

आसिफले १२ बलमा ३ चौका प्रहार गरे । पहिलो ओभरमै आसिफले पाकिस्तानका जुनियरलाई तीन चौका हानेका थिए ।जुनियरको पाँचौं ओभरको पाँचौं बलमा रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भए । रोहितले ४ बलमा १ चौकासहित ४ रन बनाए ।

जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भए । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे ।
दाहानीले १० ओभरमा २ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका छन् । जुनियरले ४ ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिएका छन् । दाहानी र जुनियर दुबै पाकिस्तानको टोलीबाट खेल्दै आएका छन् । नियमित पाकिस्तानको टोलीमा रहेपनि कम मौका पाउदै आएका छन् ।

शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह मध्य कुनै खेलाडी खेल्न नसक्ने भएमा त्यसपछि जुनियर र दाहानी खेल्ने गर्दछन् । सिनियर टोलीबाट खेलेका तीव्र गतिका बलर जुनियरलाई नेपालले पहिलो ओभरमै तीन चौका हानेपनि त्यसपछि भने लगातार विकेट गुमाएको छ ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।

November 30, 2023

पूर्व सदस्य सचिव लामाको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […]

November 30, 2023

मुख्य प्रशिक्षक ‘भाग्य परिक्षण’ गर्न खेलभर टचलाइनमै आएनन्

सुबास हुमागाईं, काठमाडौं बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ अन्तर्गत सुरुवाती दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ । अक्सनमा स्टार खेलाडी भित्र्याउन असफल बुटवलले नेपालमै उपलब्ध रहेका विदेशी खेलाडी अनुबन्ध गर्दै औसत टोली निर्माण गरेको छ । अझ टोलीको प्रशिक्षक विजय महर्जनले दोस्रो खेलमा गरेको निर्णय सुन्दा टोलीले लिगमा नतिजाको हिसाबमा […]

November 30, 2023

भारत तीन फरक कप्तानका साथ दक्षिण अफ्रिका जाने

एजेन्सी – भारतले दक्षिण अफ्रिका भ्रमणको लागि तीन फरक कप्तानीमा टोली घोषणा गरेको छ । भारतले दक्षिण अफ्रिकासँग डिसेम्बर १० देखी जनवरी ३ सम्म समान तीन टि२०, ओडिआई र दुई टेस्ट खेलको सिरिज खेल्नेछ । भारतले सूर्यकुमार यादवको कप्तानीमा टि२० टोली घोषणा गरेको छ । रविन्द्र जडेजा टि२० मा उपकप्तान छन् । तीव्र गतिका बलर […]

Success

Thank you for your time.