default_image

2 years ago

July 14, 2023

रोमान्चक खेलमा आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

313 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए पुरुषतर्फ राष्ट्रिय भलिबल क्लब लिगमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । निकै रोमान्चक खेलमा हेल्प नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

हेल्प नेपालले शनिबार फाइनलमा नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा हुनेछ । हेल्प नेपालले आर्मीलाई २९-२७, २१-२५, २५-२२, ३९-३७ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । हेल्प नेपालको जितमा दुई पाकिस्तानी खेलाडी अ‍ैमल खान र माजहर अलीको प्रदर्शन सानदार रह्यो ।

आर्मीका मानबहादुर श्रेष्ठको प्रदर्शन उत्कृष्ट रहेपनि फाइनलमा पुर्याउन पर्याप्त हुन सकेन । हेल्प नेपाल तेस्रो सेटमा विजयी भएसँगै फाइनलमा पुगेको थियो । आर्मी फाइनलमा पुग्न हेल्प नेपाललाई ३-१ ले हराउनु पर्ने हुन्थ्यो । तर असफल भयो ।

हेल्प नेपालले पहिलो सेटमा ५(१ को उत्कृष्ट सुरुवात गरेको थियो । ४-१० ले पछी परेपछी आर्मीले पहिलो टाइम आउट लिएको थियो ।

आर्मीले ८-१४ को अवस्थाबाट लगातार तीन अंक जोडेपछि हेल्प नेपालले टाइम आउट लिएको थियो । टाइम आउटपछि हेल्प नेपालले लगातार दुई अंक लिएका थिए । आर्मीले लगातार ४ अंक जोडेपछि १५-१६ को अवस्थाम पुगेको थियो । आर्मीले लगातार तीन अंकका साथ १८-१८ मा बराबरी गर्दै पहिलो सेटमा भेटाएको थियो ।

लगातार ६ अंक जोडेपछि आर्मिले २१-१८ ले अघि थियो । २२-२४ ले पछी भएको रोमान्चक खेलमा हेल्प नेपालले २९-२७ को जित हात पारेको हो । हेल्प नेपालले चार सेट प्वाइन्ट रोक्दै जित निकालेको हो ।

दोस्रो सेटमा आर्मीले ४-० को उत्कृष्ट सुरुवात गरेको थियो । आर्मि ११-६ को अवस्थामा थियो । आर्मी १९-१५ को अवस्थामा थियो । आर्मी २२-१७ ले अघि हुँदै पहिलो सेटको जित नजिक पुगेको थियो । आर्मीले दोस्रो सेट २५-२१ ले जित्दै फाइनल सम्भावना कायमै राखेका थिए ।

तेस्रो सेटमा आर्मीले ७-३ को अग्रता लिएको थियो । टिपटपले उत्कृष्ट पुनरागमनका साथ ८-८ को बराबरि गरेको थियो । तेस्रो सेटमा हेल्प नेपाल २५-२२ ले जितेपछि आर्मीको फाइनल सम्भावना सकिएको थियो ।

हेल्प नेपाल ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ शीर्ष स्थानमा रह्यो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारका साथ १५ अंकका साथ दोस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब ६ खेलमा ४ मा जित र २ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.