default_image

2 years ago

July 14, 2023

रोमान्चक खेलमा आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए पुरुषतर्फ राष्ट्रिय भलिबल क्लब लिगमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । निकै रोमान्चक खेलमा हेल्प नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

हेल्प नेपालले शनिबार फाइनलमा नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा हुनेछ । हेल्प नेपालले आर्मीलाई २९-२७, २१-२५, २५-२२, ३९-३७ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । हेल्प नेपालको जितमा दुई पाकिस्तानी खेलाडी अ‍ैमल खान र माजहर अलीको प्रदर्शन सानदार रह्यो ।

आर्मीका मानबहादुर श्रेष्ठको प्रदर्शन उत्कृष्ट रहेपनि फाइनलमा पुर्याउन पर्याप्त हुन सकेन । हेल्प नेपाल तेस्रो सेटमा विजयी भएसँगै फाइनलमा पुगेको थियो । आर्मी फाइनलमा पुग्न हेल्प नेपाललाई ३-१ ले हराउनु पर्ने हुन्थ्यो । तर असफल भयो ।

हेल्प नेपालले पहिलो सेटमा ५(१ को उत्कृष्ट सुरुवात गरेको थियो । ४-१० ले पछी परेपछी आर्मीले पहिलो टाइम आउट लिएको थियो ।

आर्मीले ८-१४ को अवस्थाबाट लगातार तीन अंक जोडेपछि हेल्प नेपालले टाइम आउट लिएको थियो । टाइम आउटपछि हेल्प नेपालले लगातार दुई अंक लिएका थिए । आर्मीले लगातार ४ अंक जोडेपछि १५-१६ को अवस्थाम पुगेको थियो । आर्मीले लगातार तीन अंकका साथ १८-१८ मा बराबरी गर्दै पहिलो सेटमा भेटाएको थियो ।

लगातार ६ अंक जोडेपछि आर्मिले २१-१८ ले अघि थियो । २२-२४ ले पछी भएको रोमान्चक खेलमा हेल्प नेपालले २९-२७ को जित हात पारेको हो । हेल्प नेपालले चार सेट प्वाइन्ट रोक्दै जित निकालेको हो ।

दोस्रो सेटमा आर्मीले ४-० को उत्कृष्ट सुरुवात गरेको थियो । आर्मि ११-६ को अवस्थामा थियो । आर्मी १९-१५ को अवस्थामा थियो । आर्मी २२-१७ ले अघि हुँदै पहिलो सेटको जित नजिक पुगेको थियो । आर्मीले दोस्रो सेट २५-२१ ले जित्दै फाइनल सम्भावना कायमै राखेका थिए ।

तेस्रो सेटमा आर्मीले ७-३ को अग्रता लिएको थियो । टिपटपले उत्कृष्ट पुनरागमनका साथ ८-८ को बराबरि गरेको थियो । तेस्रो सेटमा हेल्प नेपाल २५-२२ ले जितेपछि आर्मीको फाइनल सम्भावना सकिएको थियो ।

हेल्प नेपाल ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ शीर्ष स्थानमा रह्यो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारका साथ १५ अंकका साथ दोस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब ६ खेलमा ४ मा जित र २ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.