2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा आज नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा सुरु हुनेछ ।

नेपाल पुलिस अपराजित रहँदै ५ खेलमा १५ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । एपिएफ ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा फाइनल खेलेको हो ।
नेपाल पुलिस क्लबले लिगमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले प्रतियोगिता कुनैपनि सेट हारेको छैन । एपिएफ, न्यू डायमण्ड, एभरेष्ट र गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । एपिएफले पुलिस बाहेक अन्य सबै टोलीलाई हराएको थियो ।
पुलिसमा युवा स्पाइकर उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, क्विक स्पाइकर कोपिना राना लगायतका खेलाडी छन् । उषा र कामनाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

उता एपीएफमा स्पाइकर सरस्वती चौधरी र निरुता ठंगुन्नाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चोटका कारण सरस्वती पूर्ण रुपमा खुलेर खेल्न सकेकी छैनिन् । उनी अनुभवी खेलाडी हुँदा सरस्वतीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । त्यस्तै राष्ट्रिय टोलीका दुई सदस्य कविता भट्ट र पुष्पा चौधरीबाट एपिएफ फाइनल खेलमा उच्च प्रदर्शन चाहन्छ ।
एपिएफले सुरुवाती तीन खेलमा अनुभवी खेलाडी बिनिता र रेश्मालाई अन्तिम समयतिर मौका दिएको थियो । तर न्यू डायमण्डविरुद्ध सुरुवात देखीनै पहिलो रोजाईमा खेलाएका थिए । यी दुई अनुभवी खेलाडी आफ्नो अनुभवको फाइदा भरपूर्ण उठाउन सक्छन् ।

पुरुषतर्फको फाइनल दिउँसो ३ बजे हुनेछ । पुरुषतर्फ फाइनलमा टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]