default_image

2 years ago

July 15, 2023

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

875 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ ।

फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि जितको हो ।

पहिलो सेट सहजै गुमाएको एपिएफले दोस्रो सेटमा उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो सेटमा एपीएफ १६-९ को बलियो अवस्थामा थियो । उक्त अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै पुनरागमनको सम्भावना देखाएको थियो ।

तेस्रो सेटमा एपीएफ ६-६ को बराबरीमा थियो । तर उक्त समयबाट लगातार तीन अंक जोडेपछि पुलिस दबाबमा पर्दै टाइम आउट लिएको थियो । टाइम आउटपछि लगातार तीन अंक ९-९ क बराबरी गरेको थियो ।

एपिएफले लगातार चार अंक जोडेपछि एपीएफ १४-१० को अवस्थामा थियो। लगातार चार अंक जोड्दै १६-१६ को बराबरी गरेको थियो । तेस्रो सेटमा एपीएफ २१-१८ ले अघि हुँदै जितको सम्भावना देखाएको थियो ।

तेस्रो सेट २३-२३ को बराबरी भएपछि खेल रोचक बनेको थियो । पुनम चन्दले उक्त बराबार गरेकी थिइन् । २१-२३ को खेल पल्टाउदै लगातार चार अंक जोडेपछि पुलिसले खेलमा २-१ को अग्रता लिएको थियो । चौथो सेटमा पुलिसले १७-१७ को बराबरीबाट अघि बढ्दै जितको आधार तय गरेको थियो ।

विजेता टोलीले ६ लाख, दोस्रो हुने एपिएफले ३ लाख, तेस्रो हुने न्यू डायमण्डले १ लाख ५० हजार र चौथो हुने आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.