default_image

2 years ago

July 15, 2023

हेल्प नेपाल अपराजित रहँदै च्याम्पियन

610 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । शनिबार फाइनलमा हेल्प नेपालले ३-१ को सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो । योसँगै हेल्प नेपालले ६ लाख र पुलिसले ३ लाख प्राप्त गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५-१८ को जित हात पारेको हो । पहिलो सेटको सुरुवातनै कडा प्रतिस्पर्धा भएको थियो । सुरुवातमा ६–६ को बराबरी थियो । सुरुवातमा दुबै टोलीको सर्भिस भने त्यति राम्रो हुन सकेको थिएन । पाकिस्तानी दुई खेलाडी अ‍ैमल खान र माजहर अलीको शक्तिशाली स्पाइकमा पुलिसले संघर्ष गर्नु परेको थियो ।

९–९ को बराबरीबाट हेल्प नेपालले लगातार तीन अंक जोडेको थियो । पुलिसले उत्कृष्ट पूनरागमनका साथ ११–११ को बराबरी गर्न पुगेको थियो । १२–१४ को अवस्थामा पुलिसले पहिलो टाइम आउट लिएको थियो । पहिलो सेटमा हेल्प नेपाल १९–१५ को अवस्थाको साथ जिततर्फ अघि बढेको थियो । हेल्प नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो । अ‍ैमल खानले एक्लै १० अंक जोडेका थिए ।

तर दोस्रो सेटमा भने पुलिसले सहज जितको आधार तय गरेको थियो । दोस्रो सेटको सुरुवाती समय पुलिसले ४–२ को अग्रता लिएको थियो । हेल्प नेपाल दोस्रो सेटमा ३–७ को अवस्था भएपछि पहिलो टाइम आउट लिएको थियो ।

पुलिसले सानदार प्रदर्शन गरेपछि १०–३ को बलियो सुरुवात गरेको थियो । पहिलो सेटमा चल्न नसकेका विशाल र रविनले दोस्रो सेटमा भने सुरुवात देखीनै उत्कृष्ट प्रदर्शन गरेका थिए । पुलिसले लगातार ७ अंक जोडेपछि हेल्प नेपालले कुनै अंक नजोड्दै दोस्रो टाइम आउट लिनु परेको थियो ।

द्धारिकाले सर्भिसमा गल्ती गरेपछि लगातार ७ अंकको यात्रामा ब्रेक लागेको थियो । दोस्रो सेटमा पुलिसले १५–५ को अग्रता लिएपछि सहज जितको आधार तय गरेको थियो । पुलिसले दोस्रो सेट २५–११ ले जितेपछि सेट १–१ को बराबरी भएको थियो ।
तेस्रो सेटको सुरुवात भने उत्कृष्ट प्रतिस्पर्धा रह्यो ।

८–८ को बराबरी भएको थियो । माजहर अलीले दुई शक्तिशाली स्पाइक हानेपछि हेल्प नेपाल १४–१२ को अवस्थामा पुगेको थियो । सुरुवाती तेस्रो सेटमा १५ मध्य १० अंक माजहरले जोडेका थिए । पुलिसले १३–१७ को अवस्थामा पुन दोस्रो टाइम आउट लिएको थियो । पुलिसले लगातार तीन अंक जोड््दै १८–२१ को अवस्थामा पुगेपछि हेल्प नेपालले पहिलो टाउम आउट लिने निर्णय लिएको थियो । हेल्प नेपालका सन्जु विक्रम शाहको प्रदर्शन निरन्तर कमजोर रह्यो ।

तेस्रो सेटमा हेल्प नेपाल २५–१८ ले विजयी हुँदै सेटमा २–१ को अग्रता लिएको थियो । चौथो सेटको सुरुवातमै हेल्प नेपालले ४–० को अग्रता लिएपछि पुलिसले टाइम आउट लिएको थियो । पुलिसले ५–५ को बराबरी गर्न सफल भएको थियो । चौथो सेटमा २१-१५ को अवस्था भएपछि हेल्प नेपाल च्याम्पियन नजिक पुगेको थियो ।

महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराएको थियो । च्याम्पियन पुलिसले ६ लाख र एपिएफले ३ लाख प्राप्त गर्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.