2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

नेपाल पुलिस क्लबलाई अपराजित रहँदै च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी पुनम सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन् । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । उदीयमान खेलाडीले १० र अन्य सबै विधाका उत्कृष्ट खेलाडीले नगद १५ हजार प्राप्त गर्नेछन् ।
फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि जितको हो ।
विजेता टोलीले ६ लाख, दोस्रो हुने एपिएफले ३ लाख, तेस्रो हुने न्यू डायमण्डले १ लाख ५० हजार र चौथो हुने आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडी – पुनम चन्द (पुलिस)
उत्कृष्ट स्पाइकर – उषा भण्डारी (पुलिस)
उत्कृष्ट सेटर – कमला पुन (पुलिस)
उत्कृष्ट सर्भर – सरस्वती चौधरी (एपिएफ)
उत्कृष्ट ब्लकर – संगम महतो (आर्मी)
उत्कृष्ट लिबेरो – शान्तिकला तामाङ (पुलिस)
उत्कृष्ट प्रशिक्षक – रुपेश विष्ट (पुलिस)
उदीयमान खेलाडी – सुमित्रा रेग्मी (न्यू डायमण्ड)
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]