2 years ago
July 24, 2023
एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ ।

पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो ।
त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस गर्न सकेन । तेस्रो र चौथो सेटमा समान २५-१८ को जित निकाल्दै पोल्यान्ड पहिलो पटक च्याम्पियन बन्यो । अमेरिका भने लगातार दोस्रो सिजन उपविजेतामा सिमित भयो ।
त्यसअघि जापानले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा इटालीलाई पराजित गरेको थियो । सुरुवाती दुई सेटमा जापानले २५-१८ र २५-२३ ले जित निकालेपनि इटालीले लगातार दुई सेटमा २५-१७ को जित निकाल्दै खेल पाँचौ सेटमा पुर्यायो । जापानले १५-९ को अन्तरमा जित निकाल्दै तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पोल्यान्डका लिबेरो पावेल जातोर्स्की घोषित भए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]