10 years ago
September 20, 2015
काठमाडौं, असोज ३ –
नेपालको संविधान सभाले अन्नतः नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान जारी भएको खुसीमा देशका अधिकांश ठाँउमा दिपावली मनाइरहँदा यसप्रति असहमत हुनेको संख्या पनि उल्लेख छ । मुख्यतः तराइ केन्द्रित दल संविधान सभा निर्माण प्रक्रियामा अन्तिम समयमा बाहिरिदा संविधान यति छिट्टै आउला भन्ने शंका थियो ।
तर, खास गरि सत्तासिन नेपाली काग्रेस, एमाले र विपक्षी एकिकृत माओवादी संविधान जारी गर्नेमा एक ठाँउमा उभिएपछि झन्डै ६५ बर्ष देखि संविधान सभाले संविधान बनाउने नेपालीको सपना पुरा भएको छ । नयाँ संविधान जारीसँगै चुनौति पनि त्यतिकै जोडिएर आउनेछन् । संविधान सभाको प्रक्रियाबाट अलग भएका र पहिलाबाटै यसप्रति अविश्वास गर्नेलाई पनि मुलप्रवाहमा ल्याउन अव ध्यान दिन पर्ने बेला भएको छ । संविधान सभाबाट संविधान नेपालको सन्दर्भमा पनि पहिलो भएकोले यसले सबैका लागि भावनालाई पक्कै समेटेको छैन । राजनीतिक दलले नै पनि यसलाई सहमतिको दस्तावेज भनेका छन् ।
समानुकुल परिवर्तन आवश्यक छ । त्यसलाई नयाँ संविधानले ग्यारेन्टी गरेको छ । २२÷२४ राज्य हुँदै पृथ्वीनारायण शाहको नेतृत्वमा एकिकरण भएको नेपाल अहिले संघियतामा प्रवेश गरेको छ । यो आफैमा नेपालका लागि नयाँ प्रयोग हो । अहिले सात प्रदेशमा सहमति बनेपछि यसपमा असहमत हुने राजनीतिक दल र व्यक्तिको संख्या पनि उत्तिकै छ । तर नेपालले संघिय गणतन्त्रलाई संविधानमै समेटिसकेको छ । धर्म निरपक्षता कायम भएको छ । यसलाई नयाँ नेपालको सुरुआतका रुपमा मानेर आवश्यकता अनुसार परिमार्जन गर्दै लाने तत्परताका साथ अघि बढ्न सके नेपालले आउँदा दिनमा विकासको बाटो समात्न सक्ने सम्भावना रहन्छ । संविधान जारी भएकोमा सबैलाई नेपालीलाई फेरी एकपटक हाम्रो खेलकुदका तर्फबाट बधाई ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]