default_image

2 years ago

July 27, 2023

एसियाली खेलकुदमा महिला भलिबलको अग्निपरीक्षा

625 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इतिहासमै पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने अवसर पाएको नेपाली महिला राष्ट्रिय भलिबल चीनको हान्झोउमा दुई महिनापछि अग्निपरीक्षाको सामना गर्नुपर्ने भएको छ ।

बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपालको महिला भलिबल टोलीले समूह सी मा दक्षिण कोरिया र भिएतनामको सामना गर्नुपर्ने भएको हो । एसियाली वरीयतामा कोरिया चौथो र भिएतनाम छैटौं स्थानमा रहेको छ ।

कोरिया नेपालले सामना गर्न लागेको सबैभन्दा शीर्ष वरीयताको टोली हुनेछ । यसअघि नेपालले सामना गर्दै आएको भारत एसियाली वरीयताको १४ औं स्थानमा छ । एसियाली खेलकुदमा भारत रहेको समूह ए मा भने आयोजक तथा स्वर्ण दावेदार चीन र उत्तर कोरिया रहेका छन् ।

समूह विभाजन यसप्रकार रहेको छ :

  • समूह ए : चीन, भारत, उत्तर कोरिया
  • समूह बी : थाइल्याण्ड, चाइनिज ताइपेइ, मंगोलिया
  • समूह सी : दक्षिण कोरिया, भिएतनाम, नेपाल
  • समूह डी : जापान, कजाकस्तान, अफगानिस्तान, हङकङ चीन

नेपालले बेल्जियन प्रशिक्षक जान डे ब्रान्टको नेतृत्वमा प्रतियोगिताका लागि तयारी जारी राखेको छ । चार महिनाअघि सुरु भएको नेपालको तयारीमा गत महिना काभा महिला च्यालेन्ज कपले थप सहयोग पुर्याएको थियो । नेपाल तेस्रो भएको प्रतियोगितामा भारत विजेता र कजाकस्तान उपविजेता बनेका थिए ।

नेपालको एसियाली खेलकुद खेल्ने महिला भलिबल टोली :

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.