2 years ago
July 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष भलिबलतर्फ नेपालले एसियाली पावरहाउस इरानसँग खेल्ने भएको छ ।

बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपाल र इरानसँगै समूह बी मा बहराइन रहेको छ । इरान विश्व वरीयताको दशौं तथा एसियाली वरीयतामा दोस्रो स्थानमा रहेको छ । बहराइन विश्व वरियतामा ७७ औं स्थानमा छ ।
विश्व वरीयतामा दक्षिण एसियाली राष्ट्र पाकिस्तान ५४, श्रीलंका ६३ र भारत ७३ औं स्थानमा रहेका छन् । वरीयतामा नेपालभन्दा माथि रहेपनि श्रीलंकाले भने पुरुष भलिबलमा सहभागिता जनाएको छैन ।
समूह विभाजन यसप्रकार रहेको छ :
नेपालले पछिल्लो दुई महिनादेखि एसियाली खेलकुदको लागि तयारी गरिरहेको छ । गत महिना नेपालले काभा नेसन्स लिगमा सहभागिता जनाउँदै त्यसका लागि तयारी पनि गरेको थियो । तर नेपालको लागि नतिजा भने सन्तोषजनक रहेन । नेपालले सबै खेलमा हार बेहोरेको थियो ।
पुरुष टोलीको प्रशिक्षण सम्हालन डच प्रशिक्षक हान एबिङ नेपाल आउने तयारी रहेको छ । भलिबल संघले उनको नियुक्ति भएको बताएपनि हाल महिला टोलीकै प्रशिक्षक जान डे ब्रान्टले टोलीलाई हेरिरहेका छन् ।
एसियाली खेलकुदका लागि नेपालको अन्तिम टोली:
मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]