2 years ago
August 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धावक दीपक अधिकारी र बक्सर सुष्मा तामाङले हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । नेपालको नम्बर वान् खेलकुद अनलाइन पोर्टल हाम्रो खेलकुदले आफ्नो आठौं वार्षिक उत्सवको अवसर पारेर वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी सम्मानित गरेको हो ।

वर्ष महिलातर्फ खेलाडी बक्सर सुष्मा तामाङ र पुरुषतर्फको उपाधि दीपक अधिकारीले जितेका हुन् । यी दुबैले नगद समान २५ हजार र ट्रफी प्राप्त गरेका छन् । सुष्मा भने १९ औं एसियाली खेलकुदको तयारीको कारण देश बाहिर हुँदा उनका बुबा सानु तामाङले उक्त अवार्ड ग्रहण गरेका थिए ।
नेपालका दीपक अधिकारीले गत फागुनमा नेपालमा सम्पन्न १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वर्ण पदक जितेका थिए ।
एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक थियो । उता सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको न्युनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् ।

नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पुग्नु नै हालसम्मको सबैभन्दा ठुलो उपलब्धि थियो । एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको यो पहिलो पटक थियो ।
गत वर्ष हाम्रो खेलकुदले ७ सर्वकालिन खेलाडीलाई सम्मानित गरेको थियो । ७ सर्वकालिन सम्मानमा क्रिकेटका पूर्वकप्तान पारस खड्का, साफ खेलकुदमा ४ स्वर्ण जित्ने ओलम्प्यिन तेक्वान्दोका दिपक विष्ट, संगीना बैद्य, फुटबलका राजुकाजी शाक्य, खेलकुदको ज्यूँदो इतिहासका नायक बैकुण्ठ मानन्धर, आधुनिक नेपाली खेलकुदको पिता जितबहादुर केसी र कान्छी ओलम्पियन गौरिका सिंहलाई सम्मान गरेको थियो ।
हाम्रो खेलकुदले आठौं वर्षको अवसरमा आफ्नो साइटको लोगो र डिजाइन पनि परिवर्तन गरेको हो । हाम्रो खेलकुदले यसअघिनै आफ्नो एप्स सार्वजनिक गरेको थियो । आजैबाट खेलकुदको पोडकास्ट हाम्रो खेलकास्टको सुरुवात पनि गरेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]