default_image

2 years ago

August 23, 2023

नेपाल ६० बलसम्म बाउन्ड्री बिहीन

4956 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध सुरुवाती १० ओभरमा टेस्ट शैलीमा ब्याटिङ गरेको छ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

नेपालकी ओपनर विन्दु रावल ४० बलमा १७ रन बनाएर खेलेकी छिन् ।रुविना क्षेत्री क्रिजमा ब्याटिङ गर्न आएकी छिन् ।
टेस्ट शैलीको झल्को दिने गरि ब्याटिङ गरेको नेपालले सुरुवाती ६० बलमा कुनैपनि चौका र छक्का प्रहार गर्न सकेको छैन ।

नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पुजा महतोलाई शून्यमा गुमाएको थियो । पुजा मरियम हैदरको बलमा क्याच आउट भइन् । हैदरकै बलमा सम्झना खड्का १ रनमा आउट भइन् ।

अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७ रनमा क्याच आउट भएकी छिन् । सीता प्रियादा मुरालीबाट शान्तीबाट क्याच आउट भइन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.