default_image

2 years ago

August 23, 2023

कुवेतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ

11428 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध टेस्ट शैलीमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले १५ ओभरमा ७ विकेट गुमाउँदै ५६ रन बनाएको छ ।

काजोल श्रेष्ठ ३ बल खेल्दा खाता खोल्न सकेकी छैनिन् । इन्दु बर्मा ७ बलमा १ चौकासहित१० रनमा नट आउट छिन् । नेपालबाट एक मात्रै चौका इन्दुले प्रहार गरेकी छिन् । नेपाललाई पहिलो बाउन्ड्री १४ औं ओभरको चौथो बलमा इन्दु बर्माले शान्तीलाई चौका प्रहार गरेकी थिइन् ।

नेपालले ८२ बलपछि बाउन्ड्रीको रुपमा पहिलो चौका प्रहार गरेको थियो । लज्जास्पद प्रदर्शन गरेको नेपालले टेस्ट शैलीलाई निरन्तरता दिएको छ ।

नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पुजा महतोलाई शून्यमा गुमाएको थियो । पुजा मरियम हैदरको बलमा क्याच आउट भइन् । हैदरकै बलमा सम्झना खड्का १ रनमा आउट भइन् । नेपालले कुनैपनि समय र बलमा आक्रामता देखाउन सकेन ।

अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७ रनमा क्याच आउट भएकी छिन् । सीता प्रियादा मुरालीबाट शान्तीबाट क्याच आउट भइन् । विन्दु रावल ४५ बलमा २० रनमा आउट भइन् । रुविना क्षेत्री बेलबासे ११ बलमा ५ रन बनाउँदै आउट भइन् । कविता जोशी २ र कविता कुँवर शून्यमा आउट भइन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.