default_image

2 years ago

August 27, 2023

प्रविण र राजुको जोडीलाई ब्याडमिन्टन उपाधि

891 views

0 Bookmark

पर्वत (हाम्रो खेलकुद)– चितवनका प्रविण लिङथेप र राजु थापाले जोडीलले पर्वतमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

जिल्ला खेलकुद विकास समिति पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुश्माको समन्वय एवम् कुश्मास्थित स्पोर्ट्स हाउसमा भएको फाइनलमा प्रविण र राजुको जोडीले लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारको जोडीलाई १५–२१, २१–१७ र २१–१८ ले हराउँदै उपाधि जितेको हो ।

पोखराका विशाल बस्नेत र एपिएफका प्रनिश ठकुरी तथा धादिङका राम ठकुरी र पर्वतका प्रेमकुमार गुरुङको जोडी संयुक्त रुपमा तेस्रो भएको थियो । विजेता जोडीले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त गर्यो । त्यस्तै जोडीले हार्नेश जीपलाईन कुश्माको तर्फबाट निशुल्क जीपलाईनको अवसर प्राप्त गरे । दोस्रो हुने जोडीले २० हजार र तेस्रो हुने जोडीले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै साविक धौलागिरी स्तरीय सि लेभल पुरूष युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि बागलुङ गल्कोटका राजन कार्की र सागर भण्डारीको जोडीले जितेको थियो । राजन र सागरको जोडीले बागलुङ बरेङको सबिन थापा मगर र देभन मगरको जोडीलाई २–१ ले पराजित गर्दै उपाधि जितेका हुन् । डिमुवा पर्वतका लक्ष्मण श्रेष्ठ र कृष्ण हमाल( तथा म्याग्दीका बेल र अभिषेक नेपालीको जोडी संयुक्त रुपमा तेस्रो भएको थियो ।

विजेता खेलाडलाई पर्वतको मोदी गाउँपालिका पर्वतका उपाध्यक्ष बिमल लामिछानेलगायतले पुरस्कृत गरे । नेपालको वरियतामा शीर्ष २० भित्र नरहेका खेलाडीसम्मलित १९ जोडीले खुलातर्फ प्रतिस्पर्धा गरेका थिए । त्यस्तै सि लेभलको प्रतिस्पर्धामा भने ७२ जोडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक सुनिल थापाले जानकारी दिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.