default_image

2 years ago

August 30, 2023

पाकिस्तानविरुद्ध सोमपालको मेडन ओभर

590 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध सुरुवात मेडन ओभर राखेका छन् । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ३ ओभरमा ११ रन बनाएको छ ।

फखार जमान १४ बलमा २ चौकासहित १० र इमाम उल हकले ६ बलमा खाता खोलेका छैनन् । पाकिस्तानले ओपरमा फखार जमान र इमाम उल हकलाई मैदान पठाएको थियो ।

नेपालका सोमपाल कामीले बलिङमा सुरुवात गरेका थिए । फखार जमानले लेगमा चौका हान्दै इनिङको सुरुवात गरेका थिए । सोमपालले पहिलो ओभरमा दुई चौकासहित ९ रन बनाउँदै एसिया कपमा सुरुवात गरेका थिए ।

सोमपालले तेस्रो ओभर भने मेडन राखेका थिए । सोमपालले सबै बल फखार जमानलाई डट राखेका थिए । दोस्रो ओभरमा करण केसीले दुई रन मात्रै दिएका थिए ।

नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.