default_image

11 months ago

September 1, 2023

नेपालको सानदार बलिङ

1080 views

0 Bookmark

कााठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनविरुद्ध सानदार बलिङ प्रदर्शन गरेका छन् । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले १० ओभरमा ७ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

बहराइनकी इर्षा सुहुन र कप्तान दीपिका हेर्थ क्रिजमा छन् । नेपालकी तीव्र गतिकी बलर पुजा महतोले दोस्रो ओभरको पाँचौं बलमा रासिका रोर्डिगोलाई शून्यमा एलबीडब्लू आउट गरिन् ।

कविता कुँवरले इसुरु गजानायकेलाई ४ रनमा बोल्ड आउट गरिन् । अप्सरी बेगमले डाइरेक्ट थ्रोमा अबरा वार्सी अलीलाई शून्यमा रन आउट गरिन् ।

त्यसपछि पनि बहराइनले लगातार विकेट गुमायो । नेपालकी इन्दु बर्माले १.२ ओभरमा १ रन खर्चेर २ विकेट लिएकी छिन् । कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री बेलबासेले एक एक विकेट लिएकी छिन् ।

July 24, 2024

सेल्टिकले म्यानचेस्टर सिटीलाई हरायो

एजेन्सी – प्रि-सिजन खेलहरुका लागि अमेरिका पुगेको इंग्लिश क्लब म्यानचेस्टर सिटी स्कटिस क्लब सेल्टिकसँग पराजित भएको छ । च्यपेल हिल शहरमा भएको खेलमा म्यानचेस्टर सिटी ४-३ ले पराजित भएको हो । सेल्टिकले पहिलो हाफमा नै ३-१ को अग्रता लिएको थियो । निकोलस-गेरिट कुह्नले १३औं मिनेटमा सेल्टिकलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा सिटीका ओस्कार बबले […]

July 24, 2024

नेपालमा संचालित ‘रोड टु टोटेनहम’ अवैध

सुबास हुमागाईं, काठमाडौं भारतीय क्लब किकस्टार्ट फुटबल क्लबले स्थानीय क्लब र संस्थासँग मिलेर इंग्लिस प्रिमियर लिगको क्लब टोटेनहम हट्सपर सम्म पुर्याउने भन्दै नेपालमा आयोजना गरेको ‘रोड टु टोटेनहम’ कार्यक्रम अवैध भएको पाइएको छ । किकस्टार्टले नेपालको बी डिभिजन क्लब श्री भगवती क्लब टोखा र भकुन्डो एनपी नामक संस्थासँग मिलेर ‘रोड टु टोटेनहम’ नामक कार्यक्रम दुई […]

July 24, 2024

किर्गिजस्तान काभा यु २० भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा‌ सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको‌ उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो। नेपाली महिला युवा टोली च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई  हराउँदै […]

Success

Thank you for your time.