2 years ago
September 2, 2023
एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले एसिया कपमा भारतविरुद्ध सानदार सुरुवात दिलाएका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ६.२ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ ।

अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको ओभरमा अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका हुन् । रोहितले २२ बलमा २ चौका हाने ।
सातौं ओभरको तेस्रो बलमा विराट कोहली अफ्रिदीको बलमा ४ रनमा बोल्ड आउट भए । उनी आफ्नो ब्याटमा एज लागेर बोल्ड आउट हुन पुगेका थिए ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो । भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।
पाकिस्तानको प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]