2 years ago
September 2, 2023
एजेन्सी – विकेटकिपर ईशान किशन र हार्दिक पान्ड्याको उत्कृष्ट ब्याटिङमा भारतले एसिया कपमा पाकिस्तानविरुद्ध उत्कृष्ट पूनरागमन गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३७ ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको छ ।

ईशान किशन ८० बलमा ९ चौका र २ छक्कासहित ८१ रनमा क्रिजमा छन् । हार्दिक पान्ड्या ७३ बलमा ३ चौका र १ छक्कासहित ६५ रनमा क्रिजमा छन् । एक समय १४.१ ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले १ सय ३७ रनको साझेदारी गर्दै खेलमा फर्काएका छन् ।
भारतको सुरुवात भने राम्रो हुन सकेन । प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो । त्यो अवस्थाबाट पाकिस्तानको मध्यक्रम बलिङ कमजोरीको फाइदा उठाउँदै खेलमा पूनरागमन गर्यो । पाकिस्तानका स्पिनरले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले खेलमा पूनरागमन गरेको हो ।
भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हरिस रौफले दुई दुई विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]