3 months ago
September 2, 2023
एजेन्सी – भारतका विकेटकिपर ईशान किशन एसिया कपमा पाकिस्तानविरुद्ध शतक नजिक पुगेर आउट भएका छन् । खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन उत्कृष्ट ब्याटिङ गरेका किशन ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनमा आउट भए । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे […]
एजेन्सी – भारतका विकेटकिपर ईशान किशन एसिया कपमा पाकिस्तानविरुद्ध शतक नजिक पुगेर आउट भएका छन् । खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन उत्कृष्ट ब्याटिङ गरेका किशन ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनमा आउट भए ।
ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३९ ओभरमा ५ विकेट गुमाउँदै २ सय ९ रन बनाएको छ ।
हार्दिक पान्ड्या ६८ र रविन्द्र जडेजा १ रनमा क्रिजमा छन् । एक समय १४.१ ओभरमा ६६.४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन ।
प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो । त्यो अवस्थाबाट पाकिस्तानको मध्यक्रम बलिङ कमजोरीको फाइदा उठाउँदै खेलमा पूनरागमन गर्यो । पाकिस्तानका स्पिनरले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले खेलमा पूनरागमन गरेको हो ।
भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए ।
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […]
November 30, 2023
सुबास हुमागाईं, काठमाडौं बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ अन्तर्गत सुरुवाती दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ । अक्सनमा स्टार खेलाडी भित्र्याउन असफल बुटवलले नेपालमै उपलब्ध रहेका विदेशी खेलाडी अनुबन्ध गर्दै औसत टोली निर्माण गरेको छ । अझ टोलीको प्रशिक्षक विजय महर्जनले दोस्रो खेलमा गरेको निर्णय सुन्दा टोलीले लिगमा नतिजाको हिसाबमा […]
November 30, 2023
एजेन्सी – भारतले दक्षिण अफ्रिका भ्रमणको लागि तीन फरक कप्तानीमा टोली घोषणा गरेको छ । भारतले दक्षिण अफ्रिकासँग डिसेम्बर १० देखी जनवरी ३ सम्म समान तीन टि२०, ओडिआई र दुई टेस्ट खेलको सिरिज खेल्नेछ । भारतले सूर्यकुमार यादवको कप्तानीमा टि२० टोली घोषणा गरेको छ । रविन्द्र जडेजा टि२० मा उपकप्तान छन् । तीव्र गतिका बलर […]