default_image

2 years ago

September 4, 2023

कुशल रिभ्युले बचे, नेपालको सानदार ब्याटिङ

1157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल भारतविरुद्ध रिभ्यु लिँदै बचेका छन् । हार्दिक पान्ड्याको नवौं ओभरको पहिलो बलमा कुशललाई अम्पायरले एलबीडब्ली आउट दिएका थिए। तर कुशल भुर्तेल रिभ्युलिँदै बचेका थिए । बल लेग स्टम्प बाहिर गएपछि कुशल आउट हुनबाट बचेका थिए ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई ५३ रन बनाएको छ । आसिफ शेख ३३ बलमा ४ चौकासहित २० रनमा क्रिजमा छन् । कुशल भुर्तेल २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा क्रिजमा छन् ।

त्यसअघि नेपालका ओपनरले तीन जीवनदान पाई सकेका छन् । कुशल भुर्तेलले दुई र आसिफले एक जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर फस्ट स्लिपमा जादा श्रेयस ऐरले कुशल भुर्तेललाई ब्यक्तिगत एक रनमा जीवनदान दिएका थिए ।

दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिएका थिए । कभरमा प्रहार गरेको सर्ट विराट कोहलीले सर्ट कभरमा जीवनदान दिन पुगेका थिए ।

शामीको पाँचौं ओभरको दोस्रो बलमा लेग साइडमा खेलेको बल विकेटकिपर ईशान किशनले पुन छाड्न पुगेका थिए । कुशलले दोस्रो जीवनदान ब्यक्तिगत ७ रनमा पाएका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.