default_image

2 years ago

September 4, 2023

पावर प्लेमा भारतमाथि नेपाल हाबी

892 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा भारतविरुद्ध पावर प्लेमा विष्फोटक सुरुवात गरेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ६५ रन बनाएको छ । आसिफ शेख ३४ बलमा ४ चौकासहित २३ र भीम सार्की क्रिजमा छन् ।

ओपनर कुशल भुर्तेल २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाउँदै आउट भएका छन् । कुशल शार्दुल ठाकुरको दशौं ओभरको पाँचौं बलमा विकेटकिपर ईशान किशनबाट क्याच आउट हुन पुगे । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए ।

हार्दिक पान्ड्याको नवौं ओभरको पहिलो बलमा कुशललाई ब्यक्तिगत २२ रनमा अम्पायरले एलबीडब्लू आउट दिएका थिए । तर कुशल भुर्तेल रिभ्युलिँदै बचेका थिए । बल लेग स्टम्प बाहिर गएपछि कुशल आउट हुनबाट बचेका थिए । कुशलले दुई ठूला जीवनदान पाएका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर फस्ट स्लिपमा जादा श्रेयस ऐरले कुशल भुर्तेललाई ब्यक्तिगत एक रनमा जीवनदान दिएका थिए । शामीको पाँचौं ओभरको दोस्रो बलमा लेग साइडमा खेलेको बल विकेटकिपर ईशान किशनले पुन छाड्न पुगेका थिए । कुशलले दोस्रो जीवनदान ब्यक्तिगत ७ रनमा पाएका थिए ।

अर्का ओपनर आसिफले पनि एक जीवनदान पाएका थिए । दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिएका थिए । कभरमा प्रहार गरेको सर्ट विराट कोहलीले सर्ट कभरमा जीवनदान दिन पुगेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.