2 years ago
September 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपनि वर्षाको कारण खेल रोकिन पुगेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको छ ।

मैदानमा अहिले वर्षा रोकिएको छ । मैदानका कर्माचारी कभर हटाउन थालेका छन् । एसिसीको नियम अनुसार एक घण्टा अतिरिक्त समय हुँदा ओभर घट्ने सम्भावना कम छ । पुन पानी नपरेको खण्डमा खेल चाँडै नै सुरुहुने सम्भावना देखिन्छ ।
नेपालका दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ रनमा नटआउट छन् । सोमपाल कामी २० बलमा १ चौकासहित ११ रनमा नटआउट छन् । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए ।
ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे । गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।
भारतका रविन्द्र जडेजाले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिएका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]