default_image

2 years ago

September 4, 2023

वर्षा रोकियो, कभर हटाइदै

831 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा वर्षा रोकिएको छ । नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ । वर्षाको कारण एक घण्टा भन्दा बढी समय खेल रोकिएको छ । मैदानका कर्माचारी कभर हटाउने तयारी गरेका छन्

पुन वर्षा नभएको खण्डमा खेल हुनेछ । तर पुन वर्षा भएमा खेल हुने सम्भावना कम देखिन्छ । पुन खेल सुरु हुँदा ओभर घट्ने छ । झण्डै पाँच मिनेट बराबर एक ओभर घट्ने गर्दछ ।

ओभर घट्दा लक्ष्य पनि घट्नेछ । २० ओभरमाथि ओभर घट्ने अनुमान गरिएको छ । कभर हटाएपछि अम्पायरले मैदानको पुन निरिक्षण गर्नेछन् । त्यसपछि मात्रै खेल सुरु हुने समय र घट्ने ओभर थाहा हुनेछ । खेलको कट अफ टाइम अर्थात अन्तिम सुरु हुने समय १० : २० रहेको छ । नेपाली समय अनुसार राती १०ः ३५ सम्म खेल सुरु हुन नसके रद्द हुनेछ । त्यसअघि सुरु भएमा २० ओभर हुने सम्भावना रहन्छ ।रद्द हुँदा भारत सुपर फोरमा पुग्नेछ ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.