3 weeks ago
September 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिंदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा सकिएको छ । त्यस्तै निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्या (तेक्वान्दो), दीपक थापा (ब्याडमिन्टन), […]
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिंदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा सकिएको छ । त्यस्तै निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ ।
संघको उपाध्यक्षमा सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्या (तेक्वान्दो), दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा सागका दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहेका छन् । पदाधिकारीमा दीपक बाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा थिए । अघिल्लो कार्यसमितिमा दीपक सदस्य थिए ।
बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जित डंगोल सदस्यमा चयन भए । अब १ उपाध्यक्ष र ३ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।
नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीले खादा लगाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदको चुनावमा पूर्वकप्तान पारस खड्काले अग्रता बढाएका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ५० मत गणना हुँदा पारसले २९ र प्रशान्त मल्लले २१ मत लिएका छन् । पारसले सुरुवाती ५० मत गणना हुँदा ८ मतले अग्रता लिएका छन् । सुरुवाती २५ […]
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा अग्रता बढाएका छन्। शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ४४ मत गणना हुँदा पारसले २५ र प्रशान्त मल्लले १९ मत लिएका छन् । कुल मत ८५ हुँदा सबै खसेको थियो । सचिव […]
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा सुरुवातमा झिनो अग्रता लिएका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ३७ मत गणना हुँदा पारसले २० र प्रशान्त मल्लले १७ मत लिएका छन् । कुल मत ८५ हुँदा सबै खसेको […]