4 weeks ago
September 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले १० ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ । तीव्र गतिकी बलर कविता कुँवरले ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच गराएकी थिइन् । त्यसपछि नानपाट […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले १० ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।
तीव्र गतिकी बलर कविता कुँवरले ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच गराएकी थिइन् । त्यसपछि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले इनिङ सम्हाल्लेका छन् ।
चान्थम १४ र नानपाट १५ रनमा क्रिजमा छिन् । यी दुई ब्याटरको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुनेछ ।
यस खेलको विजेता टोली आगमी वर्ष हुने आइसिसी महिला ग्लोबल टि२० छनोट खेल्न पाउनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।
सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सिमित हुँदै आएकोछ ।
October 4, 2023
हाङ्गचों (हाम्रो खेलकुद) – गोपीचन्द्र पार्कीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ५ हजार मिटर दौडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५४.२० सेकेन्ड थियो । उनले सन् २०१९ मा […]
October 4, 2023
एजेन्सी – १३ औं संस्करणको विश्वकप क्रिकेट बिहीबार देखी भारतमा सुरु हुँदैछ । १० सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । विश्वकप कुनैपनि खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ । प्रमुख देशका खेलाडीको मुख्य उदेश्य आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि हुनेछ । कुनैपनि खेलाडीको प्रदर्शन खेल […]
October 4, 2023
काठमाडौं (हाम्रो खेलकु)– नेपाली राष्ट्रिय भलिबल टोलीले अर्को सातााबाट श्रीलंकामा सुरु हुने कामा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २२ गते सुरु हुने प्रतियोगितामा ६ टोलीको सहगिता रहेको छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ […]