default_image

2 years ago

September 28, 2023

पुरुष ब्याडमिन्टन र पब्जी अघि बढे, बाँकीमा लगातार हार

1033 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – ई-स्पोर्ट्सतर्फ पिस एलिट एसियन गेम्स (पब्जी) र ब्याडमिन्टनमा पुरुष टिम आ-आफ्नो खेलमा अघि बढ्दा १९ औं एसियाली खेलकुद अन्तर्गत विहीबार नेपालको पदकविहिन यात्राले निरन्तरता पाएको छ ।

गल्फ

विहान साढे ६ बजे सुरु भएको महिला गल्फमा नेपालका कश्मिरा शाह र सुस्मा सिग्देलले बिर्सनलायक प्रदर्शन गरे । सुष्मा १६ ओभर स्कोरसहित ३६ औं र कश्मिरा २० ओभर स्कोरसहित ३८ औं स्थानमा छन् । ३९ गल्फर प्रतिस्पर्धा गरिरहेको महिला गल्फमा जापानकी १८ वर्षीय एस बाबा ७ अन्डर ६५ स्कोरसहित अग्रतामा छिन् ।

पुरुषतर्फ नेपालको प्रदर्शन राम्रो भएको छ । ८२ गल्फर सहभागी रहेको स्पर्धामा शुक्रबहादुर राई २ अन्डर ७० स्कोरसहित ३१ औं स्थानमा छन् । सद्भाव आचार्य १ स्ट्रोक पछि रहेर ३८ औं स्थानमा छन् भने सुभाष इभन पार स्कोरसहित ४७ औं भएका छन् । युवराज भुजेल २ ओभरस्कोरसहित ५८ औं स्थानमा छन् ।

फेन्सीङ

फेन्सीङको महिला र पुरुष दुवै स्पर्धामा नेपालले लगातार पराजयको सिलसिला कायम राख्यो । कजाकस्तानसँग ४५-१५ र महिलामा जापानसँग ४५-१० ले नेपाल हारेको हो ।

पब्जी

पब्जीको एसियाली खेलकुद भर्सन पिस एलिटमा नेपालले क्वाटरफाइनल यात्रा तय गरेको छ । समूह उपविजेता बनेपनि नेपाल उत्कृष्ट समयको आधारमा अघि बढेको हो । अब नेपालले क्वाटरफाइनलमा सिधै प्रवेश पाएको प्यालेस्टाइन, समूह विजेता रहेको हङकङ चीन तथा साउदी अरब रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ ।

ब्याडमिन्टन

पुरुष टिमले ब्याडमिन्टनमा मंगोलियालाई ३-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । महिला टोली भने माल्दिभ्ससँग पराजित भयो । नेपालले अब सेमिफाइनलमा स्थान बनाउन शक्तिशाली भारतको सामना गर्नेछ ।

अन्य

स्क्वासमा भारतसँग नेपालको पुरुष टिम ३-० ले पराजित भयो । बक्सिङमा रविन थापा दक्षिण कोरियाका सो पार्कसँग सहजै हारे । टेबल टेनिसमा नविता श्रेष्ठ र सिक्क सुवाल एकलमा ४-० ले हारे । डबल्समा नविता र सिक्काकै जोडी ११-३, ११-४, ११-१ ले चीनसँग पराजित भयो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.