default_image

2 years ago

September 29, 2023

नेपाल एसियाड पब्जीको सेमिफाइनलमा

4239 views

0 Bookmark

सुबास हुमागाईं, हाङ्गचौ

१९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको समूह सी मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनल चरणमा स्थान बनाउन सफल भएको हो । नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढेको हो । 

नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि त्यसलाई निरन्तर कायम राख्यो । वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा स्थान बनाएको प्यालेस्टाइनबाट त्यसपछि चुनौति अपेक्षा गरेपनि नेपालले लगातार समय अन्तर बढाएको थियो ।

यस समूहबाट तेस्रो र चौथो भएका प्यालेस्टाइन र साउदी अरब भने बाहिरिएका छन् । अब नेपालले शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलमा दुवै समूह खेल भोली हुनेछ । यद्यपि समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई हासिल गरे नेपाल फाइनल पुग्दै पदकको सम्भावना हुनेछ ।

नेपालले एकपछि अर्काे खेलमा पराजय भोग्दै गर्दा पदकको आशा गरिएको पब्जीले भने लगातार दोस्रो पटक अर्को चरणको यात्रा तय गरेको छ । नेपालबाट कप्तान सुविन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई खेलाडी रहेका छन् । भिक्टर पौडेल टोलीमा व्यवस्थापक रहेका छन् ।

व्यवस्थापक पौडेलले कमजोर तयारीका बाबजुद टोलीले निकै राम्रो नतिजा ल्याइरहेको बताए । ‘हाम्रो तयारी कमजोर भएपनि यहाँ आएपछि टोलीले नियमित प्रशिक्षण र खेलका कारण राम्रो सुधार गरेको छ । अब आउने चरणमा उत्कृष्ट प्रतिद्वन्द्वी छन् । हामी सेमिफाइनल पार गर्न सक्दो प्रयास गर्नेछौं,’ उनले भने ।

कप्तान सुविन महर्जनले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्दै अघि बढ्न सक्दा खुसी व्यक्त गरे । ‘आज खेल सहज थिएन ‌। तर पहिलो चरणबाट अग्रता बनाइरहन सक्यौं । अब अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन्,’ उनले भने ।

महर्जनले पदकको आशा राखेकाले सेमिफाइनल पार गर्न केही दवाव भने रहेको स्वीकारे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.