default_image

2 years ago

October 1, 2023

नेपालले पहिलो विकेट गुमायो

1190 views

0 Bookmark

(हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध पहिलो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौकासहित १९ र विनोद भण्डारी ५ बलमा ५ रनमा क्रिजमा छन् ।


ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका छन् । आसिफ तीव्र गतिका बलर नासिर नाइल इस्मालको बलमा कभरमा सट खेल्ने धुनमा फरिद शिउसबाट क्याच आउट भएका छन् । पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले २.३ ओभरमा २० रनको साझेदारी गरेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.