2 years ago
October 1, 2023
(हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध दुबै ओपनरलाई गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६.२ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए । क्रिजमा विनोद भण्डारी १२ र सन्दीप जोरा १ रनमा छन् ।
ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए । आसिफ तीव्र गतिका बलर नासिर नाइल इस्मालको बलमा कभरमा सट खेल्ने धुनमा फरिद शिउसबाट क्याच आउट भएका छन् । पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले २.३ ओभरमा २० रनको साझेदारी गरेका थिए ।
कुशलले छैटौं ओभरको चौथो बलमा ब्यक्तिगत ३१ रनमा जीवनदान पाएका थिए । विनोद भण्डारीसँग तालमेल नमिल्दा रन आउट हुनबाट बचेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]