default_image

2 years ago

October 2, 2023

नेपाल दक्षिण कोरियासँग पराजित, भारतसँग खेल्न पाउने

6023 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग २५-२१ २५-१४ २५-११ ले हारेको छ । नेपाल दुबै खेलमा पराजित भएको हो ।

भियतनामसँग शनिबार भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो । नेपाली पुरुष टोलीले एसियाडमा भाग लिएर फर्किसकेको छ । समूहको दुवै खेल हार्दै टोली उद्घाटन समारोह अघिनै फर्केको थियो ।

महिला टोलीले अव नवौं स्थान देखी १२ स्थानको लागि खेल्नेछ । नेपाल समूह सी को पुछारमा रहेको थियो । समूह सी बाट भियतनाम शीर्ष र दक्षिण कोरिया दोस्रो स्थानमा रहे । नेपालले अव शुक्रबार भारतसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले नवौं स्थानका लागि खेल्नेछ । पराजित भएमा ११ औं स्थानका लागि खेल्नेछ । नेपाल र भारत पुल जी मा पर्दै खेल्न लागेका हुन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.