default_image

8 months ago

October 7, 2023

एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने!

6966 views

0 Bookmark

सुबास हुमागाईं, हाङ्गचौ

नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् ।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् ।

फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् । उनले भने फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन् ।

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् ।

यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।

(फाइल तस्विर)

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

May 27, 2024

योर गेम इज नट फेयर प्ले

सन्जोग चाम्लिङ राई पहेँलो रंगको पृष्ठभूमिगाढा निलो अक्षर । मैदानमासबैभन्दा पहिले छिर्छएउटा चारकुने झण्डालेखिएको हुन्छ –“माई गेम इज फेयर प्ले” । मैदानको वारी छन्“भिटामिन डी” को रापमारापिएका दर्शकहरु ,पारी देखिन्छछहारीमा सुकला गरी रहेको एन्फाखेल्दै छन् मैदानमाभोको पेट र काँचका सपनाहरु । अचम्मको पोको हो एन्फाफुटबल नबोल्नुउसको गला होफुटबल नखेल्नुउसको कला हो । बहुमतको बिसौलीमाउ मात्तिन्छचौरास्ताको […]

May 27, 2024

एनभिए भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा शनिबार सुरु हुने आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि गत साता भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल […]

Success

Thank you for your time.