2 years ago
October 11, 2023
एजेन्सी – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि रोमान्चक जित हात पारेको छ । नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको हो ।
नेपालले अफगानिस्तानलाई २५-१९,१९-२५, २२-२५, २५-२१ र १५-१० ले जित हात पारेको हो । पहिलो सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएपछि नेपाल एक समय २-१ ले पछि थियो । तर चौथो र पाँचौं सेटमा जितका साथ नेपालले खेल जितेको हो ।
पहिलाे सेटमा सुरुवातदेखि नै अग्रता लिएको नेपालले त्यसलाई जाेगाउँदै खेल आफ्नो पक्षमा पार्दा अफगानिस्तान खेलमा फर्कन सकेन । दोस्रो सेटमा नेपालको सुरुवात खराव रह्यो । सुरुमै ६-० ले पछि परेको नेपाल एक समय ८-१८ ले पछि पर्यो । त्यसपछि पुनरागमन प्रयास गर्दै खेललाई १७-२१ स्थितिमा ल्याएपनि नेपाल सफल हुन सकेन ।
तेस्रो सेटमा पनि नेपालको सुरुवात राम्रो हुन सकेन । एक समय ७-१४ ले पछि रहेको नेपालले खेललाई २२-२२ को स्थितिमा ल्याएपनि त्यसपछि लगातार अंक गुमाउँदै सेट पनि गुमाउन पुग्यो ।
चौथो सेटमा पनि राम्रो सुरुवात गर्न नसकेको नेपालले सानदार पुनरागमन गर्दै जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । एक समय ११-१६ ले पछि रहेको नेपालले लगातार ५ अंक जाेडेर खेललाई १६-१६ को बराबरीमा ल्याए । १७-१७ को स्थितिबाट नेपाल अघि बढ्दै जित निकाल्न सफल भयो । त्यसपछि अफगानिस्तानले ४ अंक मात्रै जाेड्यो ।
निर्णायक तथा पाँचौ सेटमा नेपाल सुरुमै २-० ले अघि रहेपनि एक समय खेलमा पछि पर्यो । हरेक पक्षमा अब्बल प्रदर्शन गरेको नेपालले ८-८ को बराबरीबाट अग्रता लिदै जित निकाल्न सफल भयो ।
नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो । दोस्रो खेलमा आयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो ।
६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]