2 years ago
November 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।

रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं वर्षमा चलिरहेको छ ।
प्रतियोगितामा १ सय ३० जनाको सहभागिता रहनेछ । क्लबका सदस्यसॅगै प्रायोजकका प्रतिनिधिले सहभागिता जनाउन पाउनेछन् । १२ फरक विधाका विजेतालाई पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा विशेष पुरस्कार स्वरुप बैंककको दुई तर्फी टिकट राखिएको प्रायोजक जावलाखेल ग्रुप अफ इन्ड्स्ट्रीज (जेजीआई) का निर्देशक श्रीहर राणाले जानकारी दिए । कार्यक्रममा क्लब कप्तान मिथुन राई, सचिव किशन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]