default_image

2 years ago

November 9, 2023

एनओसीको मेडिकल कमिसनका अध्यक्ष श्रेष्ठको निधन

934 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठको बिहीबार निधन भएको छ ।

उपचारका क्रममा ६९ वर्षे श्रेष्ठको बिएण्डबीमा अस्पतालमा मृत्यु भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । हाडजोर्नीका विशेषज्ञ डा.श्रेष्ठ ओम अस्पतालमा कार्यरत थिए ।

ललितपुर सातदोबाटो तल्छीखेलबाट कार्यालय जान बिहान करिब ९ः३० बजे कारमा बसेपछि श्रेष्ठले असहज महसुस गरे पछि उनलाई उपचारका लागि बिएण्डबी पुर्यााएको थियो । उनी एन्टी डोेपिङका बारेका राम्रो जानकार मानिन्थे । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

विदेशमा रहेका छोरा आएपछि उनको दाहसंस्कार गरिने एनओसी महासचिव श्रेष्ठले बताए । चीनको हाङचाउमा गत महिना भएको १९ औं एसियाली खेलकुदमा सहभागी भएका श्रेष्ठ र यसै महिना चीनको हाङचाउमा भएको भएको पारा एसियाली खेलकुदमा पारा एसियन एन्टी डोपिङ कार्यवहाक प्रमुखको रुपमा कार्यरत थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.