default_image

3 weeks ago

November 15, 2023

भारतको उत्कृष्ट सुरुवात

एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ८४ रन बनाएको छ । शुभमन गिल २६ बलमा ५ चौकासहित ३० र बिराट कोहली ४ रनमा नट आउट छन् । […]

1147 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ८४ रन बनाएको छ । शुभमन गिल २६ बलमा ५ चौकासहित ३० र बिराट कोहली ४ रनमा नट आउट छन् ।

भारतका कप्तान रोहित शर्मा २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए ।

टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए ।

पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए। दुबै टोलीले आजको खेलमा परिवर्तन गरेका छैनन् ।

December 4, 2023

लिभरपुलको रोमाञ्चक जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा लिभरपुलले फुलहम विरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित निकालेको हो । खेलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । ट्रेन्ट अलेकज्याण्डर-आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहम […]

December 4, 2023

काठमाडौंलाई जितविहिन झापाको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नवप्रवेशी झापा फुटबल क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा झापा पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए । दुवै टोलीका लागि विदेशी खेलाडी नै […]

December 4, 2023

सिटीको घरेलु मैदानमा टोटेनहमले पुन: अंक खोस्यो

एजेन्सी – म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको छ । सिटीविरुद्ध लगातार बाधक बन्दै आएको टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै पुन: एकपटक सिटीलाई जितबाट बन्चित गर्यो । सिटी अंक तालिकाको तेस्रो स्थानमा झर्दा टोटेनहमले भने लगातार हारको सिलसिलामा पूर्णविराम लगायो । टोटेनहमका कप्तान ह्युङ मिन […]

Success

Thank you for your time.