2 years ago
November 16, 2023
एजेन्सी -नेपालले चार देशसम्मीलित महिला टि२० आई सिरिजमा हङकङविरुद्ध खराब सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा ५ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालकी सीता रानामगर ९ र रुबिना बेलबासे ४ रनमा खेलेकी छिन् ।
ओपनर पुजा महतो ८ बलमा ४ रन बनाउदै रन आउट भैईन् । तेस्रो ओभरमा हङकङकी इकार सहारले ह्याटि्रक लिएपछि नेपालले खराव सुरुवात गरेको हो ।
सहारको तेस्रो बलमा सम्झना खड्का १ रनमा स्टम्पिङ आउट भैइन् । त्यसपछि काजोल श्रेष्ठ र इन्दु बर्मा शुन्यमा आउट भैइन्न । नेपाल २.५ ओभरमा ५-४ को अवस्थामा पुगेको थियो ।
छैटौं ओभरको पहिलो बलमा बुन्दु रावल पनि एक रनमा आउट भैइन् ।
नेपालले आज दुई परिवर्तन गरेको छ । कन्चन श्रेष्ठ, रोमा थापा आज प्लेइङ ११ मा छन् । कन्चनले डेब्यु गर्दा रोमा थापाको पुनरागमन हो । नेपालले खुशी डंगोल र सोमु बिस्टलाई बेन्चमा राखेको छ ।
नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। उत घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]